मुम्बई । हिन्दी चलचित्र ‘दिल धड्कने दो’को प्राविधिक काम सकिएको छैन । तर, यही चलचित्रका निर्देशक फरहान अख्तर र नायिका पि्रयंका चोपडाको दिल धड्केको हल्लाले प्रियंका तनाबमा छिन् ।
फिल्मको सुटिङ बार्सिलोनाको क्रुजमा भएको थियो भने, क्रुजको सुटिङ सकिएको केही दिनपछि फरहान र प्रियंकाविच अफेयर सुरु भएको हल्ला चलेको थियो ।
आफुहरु केबल राम्रो साथी भएको दाबी गर्दै आएकी प्रियंकाले यो हल्ला अनुश्का शर्माले चलाएको बताएकी छिन् । बार्सिलोनामा सुटिङमा हुँदा अनुश्का पनि प्रियंका सँगै थिईन् भने अनुश्का प्रियंकाले एकै ठाउँमा बसेर खिचेको तस्बिर ट्वीटरमा पोष्ट समेत गरिएको थियो ।
अनुश्काले पि्रयंका आफुसंग रुष्ट भएको खबर पाएपनि कुनै प्रतिक्रिया जनाएकि छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4