छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र लज्जाको पहिलो टेलर सार्वजनिक गरिएको छ । नवल नेपालको पटकथा तथा संवाद रहेको सिनेमाको टेलरमा प्रेम, रोमान्स र पारिवारिक बिषयलाई उठान गरिएको छ ।
कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा आर्यन सिग्देल र शिल्पा पोख्रेलको मुख्य भूमिका छ । लज्जालाई नारी संवेदनासँग जोडिएको छ । यसअघि श्रीमान र महशुश जस्ता सिनेमा बनाएर चर्चामा आएका नवल नेपालले लज्जालाई उत्कृष्ट बनाएको अड्कल काटिएको छ ।
रेखा थापालाई बाहिर राख्दै शिल्पालाई छविले आफ्नो क्याम्पमा भित्राएका हुन् । यसैले पनि लज्जा शिल्पा र छवि दुवैका लागि प्रतिष्ठाको बिषय पनि बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4