Comments Add Comment

माया प्रेमका गीत लेख्न खोजेँ तर, सकिनः रामचन्द्र पौडेल

ramchandra paudelरामचन्द्र पौडेलेको परिचय हो राजनीतिज्ञको । तर, पछिल्लोपटक उनी गीतकार पनि बने । नेपाली काँग्रेसका उपसभापति पौडेलले लेखेको गीत रेकर्ड भइसकेको छ र यससँगै उनको परिचय थपिएको गीतकारका रुपमा ।   अहिले चलिरहेको वीपी बिचारयात्राका सन्र्दभमा उनले लेखेको गीत अहिले ठाउँठाउँमा बज्न थालिसकेको छ । नयाँ परिचयसँगै रामचन्द्र पौडेलसँग अनलाइनखबरले गीतसँगीतमा केन्द्रीत रहेर वार्ता गरेको छ।-

तपाई त गीतकार हुनु भएछ नि ?

महामानब विश्वेश्वरप्रसाद कोईरालाको विचार यात्रा सुरु गर्ने क्रममा उहासंग सम्बन्धित केही काम गर्नुपर्ने भयो । उहाँका रचनाहरु खोजी गर्नुका अतिरिक्त उहासंग सम्बन्धित बृत्तचित्र पनि प्रदर्शन गर्ने कार्यक्रम छ । त्यहीसँग सम्बन्धित एउटा गीत पनि हुँदा राम्रो भन्ने कुरा साथीहरुवाट आएपछि मैले एउटा गीत लेखें ।

कतिदिनमा लेख्नु भयो यो गीत ?

दुईदिनमा । विपीका पुराना चालचलनसँगै उहाँले तत्कालिन समयमा छेड्नु भएको आन्दोलनको प्रकृति र अहिलेको सन्दर्भलाई पनि जोडेर गीत लेखेको छु । बिराटनगरदेखि सुन्दरीजलसम्मका प्रसंगलाई गीतमा अटाउने प्रयास गरेको छु ।

यसअघि गीत र कबिता लेख्नु भएको थियो कि थिएन ?

मैले जेलमा बस्दा थुप्रै कबिता लेखेको थिएँ । नख्खु जेलमा बस्दा छोरीको सम्झनामा कबिता लेखेको थिएँ । भद्रगोल जेलमा बस्दा राजनीति र साहित्यलाई जोडेर केही कबिताहरु लेखेको थिएँ । तर, आफ्नै रचनाको सुरक्षा गर्न सकिएन । जेलवाट छुटेर आउँदा सँगै लिएर आउथें । केही समयपछि फेरी सुरक्षाकर्मीले प्रक्राउ गर्थे र पक्राउका क्रममा खान तलासी गर्ने बहाना सबै रचना नष्ट गरिदिन्थे ।

उ बेलाका रचना एउटै पनि बाँकी छैनन् ?

छैन् छैन् । हरेक पटक सुरक्षाकर्मीले पक्राउ गर्ने बेलामा खानतलासी गर्थे र पहिलो प्रहार लेखरचना माथी नै गर्थे । यहीक्रममा मैले लेखेका धेरै कुरा हराए ।

राजनीतिका वारेमा त लख्नु भयो । तन्नेरी हुँदा मायाप्रेमको वारेमा केही लेख्नु भयो कि भएन ?

लेखौं लेखौं जस्तो त लाग्थ्यौ । माया प्रेमको वारेमा लेख्नका लागि अलि सिरियस हुनुपर्ने । तर, त्यसरि सिरियस हुनै सकिन ।

गीत कत्तिको सुन्नुहुन्छ ?

गीत त सुन्छु । सुन्दा रमाईलो लाग्छ । तर, राजनीतिमा लागेपछि गीत सुन्ने, फिल्म हेर्ने जस्ता काममा समय छुट्याउन निकै गाह्रो हुने रहेछ ।

तपाईहरुप्रति कलाकारहरुले गुनासो गर्छन् नि, कांगे्रस नेताहरुले वास्तै गर्दैनन् भनेर ?

नेपाली कांग्रेसले जहिल्यै कला र कलाकारलाई सम्मान गर्दै आएको छ । हामीले कतिपय कलाकारलाई हाम्रो कार्यक्रममा बोलाउने र उहाँहरुले गर्नु भएको कार्यक्रममा जाने पनि गरेका छौं । कला र कलाकारको सम्मान गर्ने क्रममा हामी अगाडी नै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment