काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको श्रद्धान्जलि स्वरुप चलचित्र सम्बोधनले आफ्नो प्रदर्शन मिती सारेको छ । आउँदो शुक्रवारदेखि प्रदर्शन हुने भनिएको ‘सम्बोधन’ यो शुक्रवार प्रदर्शन नहुने निर्माता सरोज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
नम्रता श्रेष्ठ, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रको निर्देशन हेमराज बिसीले गरेका छन् ।
अर्को चलचित्र ‘ठूली’ भने भदौ ६ मा प्रदर्शन हुने भएको छ । एभरेष्ट सूर्य बोहोराको निर्देशन रहेको ‘ठूली’मा गरिमा पन्त, रिजु श्रेष्ठ लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
फ्नो सिनेमा निर्धारित मितीमै प्रदर्शन हुने धारणा राख्दै निर्देशक बोहोराले ‘ठूली’ दर्शकले मन पराउने दावी गरे । ‘झोला’वाट राम्रो प्रसंसा बटुलेकी गरिमाको एक्सनलाई दर्शकले मन पराउँछन पराउँदैनन् हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4