Comments Add Comment

‘ताण्डव’मा नम्रताको यस्तो रोल, बल्ल भयो राहत(फोटो फिचरसहित)

namrata-call-girl-in-tandav
शुक्रबारबाट प्रदर्शनमा आउन लागेका ३ चलचित्रमध्ये ‘सम्बोधन’ले हात झिकेपछि ‘ठूली’ र ‘ताण्डव’लाई केही राहत हुने देखिएको छ । नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्ने दर्शकको संख्या नघटेपछि ‘ताण्डव’ र ‘ठूली’लाई केही असर पर्छ कि भन्नेहरु पनि छन् । तर ‘ताण्ड’वका निर्माता मोहन डोटेल भने आफ्नो सिनेमा राम्रो भएको, उच्च प्रमोशन र स्टार भ्यालुका कारण चल्नेमा ढुक्क छन् ।

भदौ ६ गतेबाट प्रदर्शनमा आउने ‘ताण्डव’का कलाकारहरुको भूमिकालाई निर्माणपक्षले खुलाएको छैन । चलचित्रलाई ड्रक्स र ग्याङस्टारको कथा भनिएको छ । निर्माता डोटेलका अनुसार-‘ताण्डव’, रोमान्स, प्रेम र एक्सनको संगम होे ।’

बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको यो चलचित्रमा आशिष राना ‘लाहुरे’ र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । नेपाली सिनेमा नगरीले मसला चलचित्र भनेको कस्तो हुन्छ भनेर ‘ताण्डव’ हेरेपछि वुझ्ने निर्माता डोटेलको भनाई छ ।

‘सम्बोधन’मा समेत मुख्य नायिका रहेकी नम्रता यो चलचित्र सरेपछि ‘ताण्डव’ प्रमोशनमा पुरा समयका साथ हिड्न सक्ने भएकी छिन् । जसका कारण पनि यो चलचित्रलाई फाइदा पुग्ने देखिन्छ ।
aasis-rana-in-tandav namrata-hot-in-tandav namrata-in-tandav

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment