Comments Add Comment

गैरसञ्चालन आम्दानीले एनआईडिसीको नाफा एक अर्ब नाघ्यो

३ भदौ, काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १५३ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष ४० करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो ।

NIDC-Bankगत आर्थिक वर्षमा रेगुलर आम्दानीबाट बैंक खुद घाटामा गएपनि ग्रैह सञ्चालन आम्दानी गर्न सफल भएपछि नाफा अर्ब नघाउन सकेको हो । नबिल बैंकको प्रवर्द्धक शेयर बिक्री गरी यस बैंकले १ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यस अवधिमा २३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड बढी रुपैयाँ कम हो । अघिल्लो आवमा २६ करोड ५३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको बैंकले गत वर्ष २५ करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ ।

बैंकको खराव कर्जा २३.६६ प्रतिशतबाट बढेर २३.९२ प्रतिशत पुगेपछि जोखिम व्यवस्था कोष समेत बढाउनु परेको छ । अघिल्लो वर्ष सम्भावित जोखिम व्यवस्थापनका लागि १२ करोड रुपैयाँ ४ लाख रुपैयाँ जोखिम व्यवस्था कोष खडा गरेको बैंकले गत वर्ष १५ करोड ३१ लाख रुपैयाँको यस्तो कोष खडा गर्नुपरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (वाषिर्क) २४७ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानी अनुपात १.७० गुना, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६१ रुपैयाँ ५८ पैसा, तरलता अनुपात २ प्रतिशत र प्रतिशेयर नेटवर्थ ६३८ रुपैयाँ ३० पैसा रहेको छ ।

गत असार मसान्तसम्म बैंकले १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले यस  अवधिसम्म १ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको २१ करोड ८ लाख रुपैयाँ रियल स्टेटमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment