Comments Add Comment

राहत लिन एक दिनको पैदल यात्रा

५ भदौ, नवलपरासी । नवलपरासी नरम-४ पुरानो नरमका पहिरो पीडित एक दिनको पैदल हिँडेर कावासोती आएर राहत लिएका छन् ।
पाँच दिनअगाडि पहिरोमा पुरिएर आफन्त र घर गुमाएका पीडितलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले प्रदान गर्ने राहत लिन आउँदा एक दिन हिँड्नु परेको हो ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी पहिरो प्रभावित ठाउँमा जान नसकेपछि पीडित परिवारलाई बुधबार कावासोती बोलाएर राहत दिएको थियो । नरम-४ पुरानो नरमका भीमबहादुर माकिमकी श्रीमती ३२ वर्षकी रेखीमाया माकिमको पहिरोले पुरिएर ज्यान गएको थियो ।

होमनसिंह माकिम र अर्का एकजनाको घर पहिरोले पूर्ण रुपमा क्षति भएको थियो भने अन्य दुई घरलाई सामान्य क्षति बनाएको थियो । मृतकका परिवारलाई रु ४० हजार र घरको क्षति हुनेलाई पाँच हजार रुपैयाँका दरलेे राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालील्ोे जानकारी दिए ।

पानी परेकाले उत्तरी पहाडी गाविसमा जान कर्मचारी नसक्ने जनाएपछि उनीहरुलाई गाविस सचिवले कावासोती ल्याएका थिए ।

मृतक रेखीमायाको ४५ दिनको दुधे बालक गाउँलेको जिम्मा लगाएर आएका उनका श्रीमान् भीमबहादुरले शवपरीक्षण गर्न ल्याउँदा ३२ हजार खर्च भएको बताए । गाउँलेसँग पैसा उठाएर शवपरीक्षण गरियो, अब किरिया बस्न, बचेका पाँच छोराछोरी र मलाई खानको समस्या छ त्यो कसरी होला यसैमा चिन्ता छ । अरूभन्दा पनि ४५ दिनको छोरो कसरी हुर्काउने होला भैँसीको दूध नखुवाउने भन्छन् गहभरि आँसु पार्दै भीमबहादुरले भने मेरोभन्दा पनि छोराछोरीको हुर्काइ र पढाइ-लेखाइको चिन्ता छ ।’

सरकारीस्तरबाट केही राहत भए पनि जिल्लास्थित रेडक्रस सोसाइटी, अन्य गैरसरकारी संस्था तथा सामाजिक सङ्घसंस्थाले पहिरो पीडितका लागि तत्काल आधारभूत कुरा पुर्‍याउनुपर्नेमा वास्ता नगरेको भन्दै गाउँलेले दुःखेसो गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment