+
+
Shares

लाखौं कमाउने बिराटनगरका चिकित्सक कर तिर्दैनन्

५ भदौ, बिराटनगर । बिराटनगरका अधिकांश चिकित्सकले स्वास्थ्य सेवा कर तिर्ने गरेका छैनन् । बिराटनगर स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास हुदै गर्दा लामो समयदेखि चिकित्सकहरुले कर नतिरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते १४:५०

ध्रुब भट्टरार्इ

५ भदौ, बिराटनगर । बिराटनगरका अधिकांश चिकित्सकले स्वास्थ्य सेवा कर तिर्ने गरेका छैनन् । बिराटनगर स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास हुदै गर्दा लामो समयदेखि चिकित्सकहरुले कर नतिरेका हुन् ।

नियामक निकाय आन्तरिक राजस्व कार्यालयले कर असुली गर्न पहल नगर्दा उनीहरुले कर तिर्न चासो नदिएका हुन् । सरकारले चार वर्ष अघि नै स्वास्थ्य सेवा करको प्रावधान ल्याएको थियो ।

चिकित्सकले विरामी जाँच्दा लिने र ल्याबको सेवा शुल्कबापत उठेको रकमबाट ५/५ प्रतिशत स्वास्थ्य सेवा कर तिर्नुपर्ने प्रावधान छ । यहाँका करिब ३ सय चिकित्सकमध्ये ६१ मात्र करको दायरामा छन् । तीमध्ये १३ दन्त, १९ औषधि र ३ नेत्र विशेषज्ञ छन् ।

पुर्वी नेपालमा सबैभन्दा बढी स्वास्थ्य संस्था रहेको बिराटनगरमा चिकित्सको संख्यापनि उल्लेख्नीय छ । नेपाल चिकित्सक संघ कोशी अञ्चल मोरङमा २ सय ९० चिकित्सक दर्ता छन् ।

संघमा दर्ता नभएका करिब २ दर्जन चिकित्सक अहिलेपनि विभिन्न स्वास्थ्य संंस्थामा कार्यरत छन् । आर्थिक वर्ष ०७०/७१ मा आन्तरिक राजश्व कार्यालय विराटनगरले स्वास्थ्य सेवा कर वापत ४ करोड ७३ लाख ५० हजार २१ रुपैया मात्र राजस्व संकलन गरेको छ । गएको आवमा स्वास्थ्य सेवा कर वापत ३ करोड २१ लाख ६५ हजार असुली भएको थियो ।

यद्यपि गएको वर्ष भन्दा यो आवमा कर असुलीमा वृद्धि भएको देखिएपनि  चिकित्सकको संख्याको अनुपातमा वाषिर्क असुलीलाई सन्तोषजनक मान्न सक्ने अवस्था छैन ।
‘करको दायरामा सबै चिकित्सक ल्याउन प्रयात्नशील छौं’, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत प्रकाश पौडेलले भने, ‘पुर्वी नेपालमै सबैभन्दा धेरै चिकित्सक रहेको बिराटनगरमा कसरी असुली सोचेजस्तो भएको छैन ।’

मासिक लाखौं कमाउने डाक्टरले कर नतिरेको बताउँदै पौडेलले सबै चिकित्सकको तथ्यांक संकलन गरी उनीहरुले कर बुझाएर नबुझाएबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?