Comments Add Comment

हिरोइनलाई फापेन तीजको ‘मोडलिङ’

karisma-nandita-reema

७ भदौ, काठमाडौ । नेपाली मूलकी भारतीय गायिका पूणिर्माले तीजको गीत गाएको विषयमा नेपाली मिडियामा राम्रै चर्चा पायो । गीतको चर्चा भएसँगै म्युजिक भिडियो निर्माणको प्रसंगले पनि महत्व पायो ।

पूणिर्माको स्वर रहेको ‘आफू पनि नाचिन्छ, अरुलाई नि नचाइन्छ …’ बोलको गीतमा नेपालका उम्दा हिरोइन आशिष्मा नकर्मी र नम्रता सापकोटाले अभिनय गरेका छन् ।

आशिष्मा र नम्रता छानेर मात्रै अभिनय गर्ने हिरोइनका रुपमा चिनिन्छन् । त्यसो त भिडियो निर्माणमा पनि राम्रै मेहनत गरिएको छ । तर, यी भिडियोले तीजगीत प्रेमी दर्शक एवं स्रोतालाई भने तान्न सकेका छैनन् ।

आशिष्मा र नम्रता मात्रै होइन, तीजका गीतमा नाच्ने अन्य हिरोइनले पनि आफ्नो नृत्यकलालेे तीज गीत सुनेर रमाउने दर्शकलाई आकषिर्त गर्न सकेनन् । जबकि तिनै नायिकाले अभिनय गरेको फिल्म र अन्य गीतलाई दर्शकले मन पराउने गरेका छन् ।

यसपालि पनि सुमिना, घिमिरे, नन्दिता केसी, रीमा विश्वकर्मा लगायतले तीजको गीतमा मोडलिङ गरेका छन् । सामान्य त अन्य मोडलको तुलनामा हिरोइनले अभिनय गरेको गीत धेरै हेरिनुपर्ने होे तर, त्यस्तो देखिएन । करिष्मा मानन्धरले मोडलिङ गरेको गीत भन्दा पार्वती राईले मोडलिङ गरेको गीत धेरै हेरिएको छ ।

किन चलेनन् हिरोइन ?

मुलुकको फिल्मी बजारसँगै हिरो-हिरोइनको आयु निर्धारण हुने गर्छ । कोहिनुरको व्यापारलाई छाड्ने हो भने पछिल्लो पटक कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेको छैन ।

त्यसैबाट पनि अनुमान गर्न सकिन्छ, हाम्रा हिरो हिरोइनको क्रेज दिन दिनै घट्दो छ । पटक-पटक कमजोर फिल्ममा काम गरेकाले पनि कतिपय हिरोइनप्रति दर्शकको हेराइ सकारात्मक हुन सकेको छैन ।

एउटै अनुहार हेर्दा दर्शक वाक्क

हिरोइनको संख्या सीमित भएकै कारण फिल्मका गीतदेखि आधुनिक र पप एल्बममा समेत दर्शक एवं स्रोतालाई तिनै हिरोइनको अनुहार दोहोर्‍याएर हेर्नुपर्ने बाध्यता छ ।

कतिपय तीजका गीतका शब्द उत्ताउला भए पनि प्रायः गीतमा माईतीका सम्झना, चेलीका दुःख जस्ता प्रसंग समेटिएको हुन्छ । यस्ता गीतमा हातभरि चुरा, रातो साडी, चोली र चुल्ठो बाटेर नाँच्नुपर्ने हुन्छ । तर, हाम्रा प्रायः हिरोइनको ईमेज स्कट र वान पिसमा अडिएको छ । यसले पनि तीजका गीतमा उनीहरुको कलाले आकर्षण दिन नसकेको कतिपयकेा अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment