Comments Add Comment

अजय घलेको कथामा बन्यो बिश्वबिख्यात गेम ‘फार क्राई’

far-cry_nepal-1संसारभर रुचाइएको ‘फार क्राई’ भिडियो गेमको चौथो संस्करण केही साताभित्र रिलिज हुँदै छ । गेम खेल्न थालेसँगै संसारभरका भिडियो गेम पारखीले नेपालको १० बर्षे द्वन्द्वमा सहभागी भएकोे महसुस गर्न पाउने छन् ।

गेममा पूर्णतयाः नेपालको लोकेसन प्रयोग गरिएको छ । फार क्राईको चौथो संस्करणमा एक नेपाली पात्र अजय घलेको कथामा आधारित छ जो आफ्नो आमाको अस्तु सेलाउन बिदेशबाट नेपाल आइपुगेका हुन्छन् ।

त्यही क्रममा उनी नेपालको आन्तरिक द्वन्द्वमा फस्छन र यहाँबाट निस्कन अनेक कोसिस गर्छन् । यहाँका राजा पिगन मिनलाई हटाउन सुरु भएको द्वन्द्वमा उनी पनि उनी पनि जेलिन्छन् ।

far cry nepal 6यो गेम खेल्ने हरेक प्रयोगकर्ता अजय घलेका रुपमा गेम खेल्नेछन र हिमाली देश ‘किरात’बाट युद्ध जितेर बाहिर निस्कन कोसिस गर्नेछन् । फार क्राइको इतिहासमा जुन मुलुकमा भिडियो खिचिएको छ त्यही मुलुकको मुख्य पात्र बनाइएको यो पहिलोपटक हो ।

भिडियो गेममा नेपालका सुन्दर हिमाली दृष्य, नेपाली मन्दिरसहितका प्राचिन कलात्मक क्षेत्र, गैंडा र हात्ती लगायतका जनावर मात्र हैन, नेपालमै झल्को दिन यहाँ प्रयोग हुने सवारीसाधन पनि प्रयोग गरिएको छ ।

गेमका निर्देशक मार्क थम्पसनले द्वन्द्वबाट गुज्रिएका नेपालीहरुसँग भेटेपछि नेपालको लोकेसन र कथा प्रयोग गर्ने योजना बनेको सुनाए । प्लेस्टेसन ब्लगसँगको हालैको अन्र्तवार्तामा उनले राजनीतिक द्वन्द्वग्रस्त हिमाली देश भएका कारण त्यही बेलाको द्वन्द्वको झल्को दिन कोसिस गरिएको बताए ।

far-cry_nepa-2नेपालको द्वन्द्व, मुलुक जोगाउन भन्दै बाल सैनिक बनेका बालकहरु, अनि बन्दुक लिएर लड्न जाँदा आफुजस्तै दुःखको पृष्ठभूमीबाट आएको बिपक्षी । यी कुराले फार क्राईको हिरो र भिलेनको परम्परागत परिभाषामाथि समेत सोच्न बाध्य बनाएको उनले बताए । यसले प्रयोगकर्तालाई बेग्लै अनुभूति हुने उनको बिश्वास छ ।

यो गेम नोभेम्बर १८ बाट उत्तर अमेरिकामा रिलिज हुनेछ ।

far cry nepal 5

 

हेर्नुहोस् अफिसियल ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment