Comments Add Comment

बागबजारमा खुल्यो नयाँ हल, हट्ला त ‘मुर्गा चोक’को उपनाम ?

bagbazar-hall
बागबजार भन्ने वित्तिकै चलचित्रकर्मीहरु भेला हुने र कुनै न कुनै व्यक्तीलाई मुर्गा बनाएर सिनेमामा लगानी गराउने स्थान भनेर धेरैले चर्चा गर्छन् । बागबजारमा चिया पिउँदै धेरै व्यक्ती ‘मुर्गा’ पनि बनेका छन् ।

तर शनिबार म्याक्स ईन्टरटेन्मेन्ट प्रालीले ‘सीटी म्याक्स’ चलचित्रको औपचारिक उद्घाटन गरेसँगै परिचय फेरिने आशा गरिएको छ । १२२ सीट क्षमताको यो हलमा पछिल्ला आधुनिक प्रविधी प्रयोग गरिएको म्याक्स इन्टरटेन्मेन्ट प्रालीका प्रमुख देवेन्द्र खड्गीले बताए ।

चलचित्र विकास बोर्डको अध्यक्ष धमेन्द्र मरवैताले हलको औपचारिक उद्घाटन गरे । विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले हल सफलताको शुभकामना दिएका थिए । केही समयमा नै ‘सीटी म्याक्स २’को पनि सुरुवात गरिने जनाइएको छ ।

हल परिसरमा डिस्को पब्, स्नूकर हाउस, फुडकोर्ड, कम्यूटर एसोसोरिजको समेत स्टलहरु रहनेछन् । यसैविच चलचित्र ‘ताण्डव’ र ‘कोहिनुर’को एक साताको ग्रस कलेक्शनको २० प्रतिशत चलचित्र पत्रकार संघलाई सहयोग स्वरुप प्रदान गरिने हल संचालकले जनाएका छन् । यो हलमा नेपाली सिनेमालाई प्राथमिकता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment