+
+

निधनपछि फत्तेमानको एल्बम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १७:४६

phatteman-album-bimochan
बरिष्ठ संगीतका, गीतकार तथा गायक फत्तेमान राजभण्डारी त अब हामीमाझ छैनन् । तर उनको अन्तिम एल्बमको भने काठमाण्डौमा आज बिमोचन गरिएको छ । ‘अपुरो मन’ एल्बममा फत्तेमानले आवाज दिएका छन् ।

 

हरी लम्सालको संगीत तथा कृष्ण केसीको एकल गीत रहेको यो एल्बमको गीतकार रत्नशमशेर थापा, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक नीर शाहले बिमोचन गरेका हुन् ।
एल्बममा ‘के ल्यायौ र’, ‘बिस्तारै बोल’, ‘यता गल्ली उता गल्ली’, ‘तिरमा बसी’ र ‘गोलो गोलो अनुहार’ बोलका गीत छन् । कृष्णका दाजु अनिल प्रस्तुतकर्ता रहेको एल्बमलाई टुवेल्भ नोट्सले बजारमा ल्याएको हो । एल्बम बिमोचन कार्यक्रममा फत्तेमान र उनको सांगीतिक करिअरका बिषयमा चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?