+
+
Shares

किकको कमाई २३२ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते ८:५२

kickमुम्बई । सलमान खान अभिनित हिन्दी फिल्म ‘किक’ ले प्रदर्शनको पाँच हप्तामा २३२ करोड कमाई गरेको छ । प्रदर्शनको तीन हप्तासम्म धमाकेदार ब्यापार गरेपनि चौथो हप्तावाट ब्यापार ओरालो लागेको भारतीय एजेन्सीहरुले जनाएका छन् ।

अजय देबगण अभिनित ‘सिंघम रिटन्र्स’ प्रदर्शनपछि किकको कमाईको दर घटेको हो । प्रदर्शनको केही दिन दैनिक करोडको ब्यापार गरेको किकको कमाई सिंघम रिटन्र्स प्रदर्शन भएपछि लाखमा सिमित हुन पुगेको थियो । पाँचौ हप्तापछि किकको कमाई गणनायोग्य नहुने फिल्म बितरकहरुको अनुमान छ ।

सिंघन रिटन्र्सले किकलाई कडा टक्कर मात्रै दिएन, प्रदर्शनको चौथो हप्ता सुरु भएपछि सलमानका दर्शकहरु समेत अजयदेबणतीर लागे । यदि अजयको फिल्म रिलिज नभएको भए किकले नयाँ रेकर्ड कायम गर्ने सम्भावना थियो । तर, अब त्यो सम्भावना टरेको छ । सिंघम रिटन्र्सले राम्रै ब्यापार गरेपनि किकको जति कमाई गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?