Comments Add Comment

१० वर्षीय छात्रलार्इ शिक्षिकाले गराइन् ६ सय पटक उठबस !

 

Sahil Limbu१० भदौ, उर्लाबारी । मोरङको राजघाट -९ आम्बारीस्थित नेबुला अंग्रेजी स्कुलकी शिक्षिकाले मासिक परिक्षामा फेल भएको भन्दै ६ सय चोटी उठबस गराउँदा एक बालक ओछ्यान परेका छन् ।
परीक्षामा फेल भएपछि शिक्षिका सुमित्रा धिमालले सजाय स्वरुप उठबस गराउँदा राजघाट-१ का १० वर्षीय साहिल लिम्बू ओछ्यान परेका हुन् ।
कक्षा ४ मा अध्ययनरत साहिललाई गत शुक्रबार  शिक्षिकाले उठबस गराएकी थिइन् । बेलुका सुतेका उनी भोलिपल्ट ओछ्यानबाट उठ्न नसकेपछि अभिभावकले स्थानीय गोदावरी अस्पतालमा उपचार गराएका थिए । उपचारपछि पनि उनी अहिले ओछ्यानबाट उठ्न सकेका छैनन् । ‘मासिक परीक्षामा फेल भएको भन्दै मिसले छ सय चोटी उठबस गराउनुभयो’, साहिलले ओछ्यानबाट भने,’तीन सय ५० पटकसम्म उठबस गरेपछि बसेकोबस्यै भएँ ।’
पढ्न पठाएको छोरालाई शिक्षिकाले याताना दिएपछि अभिभावक आक्रोशित बनेका छन् । अभिभावकहरुले याताना दिने शिक्षिकालाई पनि उठबस गराउनुपर्ने बताए । ‘छोरालाई उठबस गराएपछि उ ओछ्यान परेको छ, पढ्न पठाएको छोरालाई यातना दिने यो कस्तो विद्यालय हो’ साहिलकी आमा लक्ष्मीले भनिन्, ‘उठबस गराएपछि छोरो हिँड्न खोज्दा खुट्टा फर्किने र रिंगटा लाग्ने समस्या छ ।’
साहिललाई उठबस गराएको खुलेपछि सो विद्यालयमा अन्य विद्यार्थीलाई पनि यातना दिने गरेको सार्वजनिक भएको छ । विद्यालयका कम्प्युटर शिक्षकले विद्यार्थी कुट्ने गरेको अभिभावकले बताएका छन् ।
सोही विद्यालयमा कक्षा ६ मा पढ्ने शिला लिम्बू, मनिता लिम्बू, साम्यहाङ लिम्बू सहितका विद्यार्थीहरुलाई समेत उठबस गराएर याताना दिएको अभिभावक कृष्ण लिम्बूले बताए ।
साहिललाई दिइएको यातनाबारे मंगलबार भएको छलफलमा सहभागी अभिभावकले विद्यालयमा भइरहेको विद्यार्थीमाथिको यातना तत्काल रोक्न माग गरेका छन् ।
छलफलमा विद्यालयकी सञ्चालक मिरा दासले गल्ती स्वीकारी आगामी दिनमा यस्ता कार्य नदोहोरिने जनाउँदै सार्वजनिक माफी मागिन् । विद्यालयका पि्रन्सीपल हिरालाल देवकोटाले बिद्यार्थीलाई यातना दिने शिक्षिकालाई कारवाहीस्वरुप निष्कासन गरेको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय उपस्थित छलफलमा विद्यार्थीलाई यातना दिने शिक्षिकालाई कारवाही तथा निष्कासन, विरामी साहिलको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने र विद्यार्थीलाई कुटपिट नगर्ने निर्णय गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment