Comments Add Comment

ठूला आयोजनामा चिनीयाँ लगानी बढाउन चेम्बरको आग्रह

Chembar-and-chin-ambesdar

१२ भदौ काठठमाडौं । नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण बन्दै गएको भन्दै नेपाल चेम्बर अफ कमर्शले नेपालका लागि चीनका यू छुन्ताईसाग ठूला आयोजनामा लगानी बढाउन आग्रह गरेको छ ।

राजदूतसागको भेटमा चेम्बर अध्यक्ष राजेसकाजी श्रेष्ठले यस्तो आग्रह गरे । त्यसैगरी भेटमा श्रेष्ठले चीनले उपलव्ध गराएको ७ हजार भन्दा बढी बस्तुहरुमा शुन्य भन्सार दरको सुविधालाई प्रभावकारी बनाउन अनुरोध गरे ।

विश्व भ्रमणमा निस्कने चिनीया पर्यटकहरु मध्ये केही अंश मात्रले नेपाल भ्रमण गर्ने हो भने नेपालको पर्यटन उद्योगले गति पाउने उल्लेख गर्दै बेजिइङलगायत प्रमुख शहरबाट नेपा मा प्रत्यक्ष उडानको क्षमता विस्तार गर्नु पर्नेमा जोड दिए ।

नेपाल चीनबीचको आर्थिक सम्वन्ध विस्तारका लागि व्यापारिक प्रतिनिधिहरुको  आदान प्रदानमा जोड दिनुपर्ने उाको भनाई थियो ।

राजदूत चुन्ताईले चीन उत्पादनकर्ता देश मात्र नभएर उपभोक्तासमेत भएकाले नेपालका उद्यमी व्यवसायीहरुलाई चीनमा सम्भावनाका अवसरहरुबारे जानकारी लिन अनुरोध गरे । उनले तिव्वत भ्रमणमा निस्कने आन्तरिक तथा बाहृय पर्यटकहरुलाई आकषिर्त गर्न सके मात्रै पनि नेपालले प्रशस्त आर्थिक फाइदा लिन सक्ने बताए ।

उनले नेपाल चीनबीचको आर्थिक तथा जनस्तरको सम्वन्ध विकासका लागि दुई देश विच उच्च प्रतिनिधिमण्डलको भ्रमणको आवश्यकता रहेको बताउंदै चेम्वरलाई पहल गर्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment