Comments Add Comment

साम्भाको परिवारलाई १५ हजार सहयोग, फिल्ममा लागेर के पाए उनले ?

nefta-help-tara
चर्चित मेकअप म्यान साम्भा दी पाटेलको निधन भएपछि उनलाई सिनेमा नगरीले पनि खासै वास्ता गरेको छैन । जसका कारण उनको परिवारलाई दैनिक जीवनयापन गर्न अप्ठ्यारो परेको छ । नेपाल चलचित्र प्राविधिक संघको कार्यलयमा साम्भाकी अर्धाङ्गिनी तारा क्षेत्रीलाई अभिनेता धु्रव दत्त र उनका केही साथीहरुले १५ हजार नगद सहयोग गरेका छन् ।
चलचित्र प्राविधि

क संघका अध्यक्ष मनोज केसी, उपाध्यक्ष पुष्कर लामा, महासचिव अनन्त तिमिल्सिना र अभिनेता दत्तले १५ हजार तारा क्षेत्रीलाई हस्तान्तरण गरेका थिए । ताराले गुनासो पोख्दै भनिन्-‘नेपाली फिल्म भन्दा अन्य केही सोच्नु भएन, तर अहिले उहाँलाई यही स्थानले विर्सेको छ ।’ नेपाल सरकारले सहयोग गर्ला भन्ने त उनमा कुनै पनि सोच छैन । सिनेमा नगरीबाट सहयोग पाउने आशा गरेकी उनले अहिले त्यसलाई पनि मारेको बताइन् ।

उनको जेठो छोरा थापाथलीमा अटो मोबाइल अन्र्तगत इन्जिनियरिङ गर्दैछन् । तर उनको भविष्य बनाउने सपना पालेकी तारा अहिले अप्ठ्यारोमा छिन् । उनी इन्जिनियरिङ पढ्दै गरेको छोरालाई केही विकल्प नभएपनि खाडी मुलुक पठाउने सोचमा लागेको बताउँदै गर्दा केही भावूक देखिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment