+
+
Shares

अनौपचारिक पोशाक लगाएर सुमिनाले ‘जवानी’ देखाइन्

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते १४:४७

sumina-dress-sense

नायिका सुमिना घिमिरे पोशाकका बिषयमा सजग नै छिन् । नेपाल चलचित्र कलाकार संघकी सदस्य समेत रहेकी नायिका सुमिना घिमिरे शनिबार आयोजना भएको संघको १३ औं साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण सभामा सुमिनाको पहिरनको चर्चा भयो ।

कलाकार निर शाहले त सुमिनालाई अरुले जसरी सारी नै लगाएर आएको भए हुन्थ्यो नि भन्दै सल्लाहा पनि दिए । सारी लगाएर संघकी सह-कोषाध्यक्ष निशा अधिकारीले कार्यक्रम चलाउँदै गर्दा सुमिना पनि भूमिका विहिन देखिइन् । उनको काम कलाकार शुभेच्छा थापाले सम्हाल्नु परेको थियो ।sumina-ghimire

वन पिस पहिरनमा देखिएकी सुमिना भिडमै लुक्न वाध्य भइन् । उनको पहिरनको बिषयलाई लिएर कार्यक्रम चर्चा पनि भयो । उपराष्ट्रपति प्रमुख अतिथी रहेको कार्यक्रममा सुमिनाको गेटअप सुहाउँदो थिएन । फेरि उनी आफै आयोजक पनि थिइन् ।

तर सुमिनाले भने पहिरनको बिषयमा प्रश्न सोध्दा ‘कहिलेकाँही जवानी देखाउनु पर्‍यो नि’ भन्दै जवाफ फर्काइन् । सुमिनाको जवाफ रमाइलोको लागि थियो या उनले अन्य कुरा नपाएर, यस्तो भनिन्, उनले नै जान्ने कुरा हो । तर सधै जसो पोशाकका बिषयमा सजग हुने नायिकाले आफ्नै संघको कार्यक्रमको महत्व भने नवुझेको हुनसक्छ । कार्यक्रममा नायिका रिमा विश्वकर्मा, शुभेच्छा थापा, निशा अधिकारी, गौरी मल्ल लगायतका कलाकार भने औपचारिक पोशाकमा पुगेका थिए । nisha-adhikari rima-biswokarma suvekhsya-thapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?