+
+

‘ह्याप्पी न्यू ईयर’मा साहरुखको ‘टेन प्याक्स’

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २३ गते ११:०३

sharuk-khan-ten-pax
बलिउड बादशाह साहरुख खान चलचित्रको पर्दामा आफ्नो शरीर देखाउन निक्कै नै लाज मान्छन् । सलमान खान, जोन अब्राहम जस्ता कलाकारले हरेक चलचित्रमा शरीर देखाउँदा साहरुखको लजालु शैली पनि कायमै छ । उनले चलचित्र ‘ओम शान्ती ओम’मा आफ्नो प्याक्स देखाएका थिए ।

उनै साहरुखले तिहारको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’मा ‘टेन प्याक्स’ बनाएको रहस्य खुलेको छ । भारतका सेलिब्रेटी फोटोग्राफर डब्बु रतानीले साहरुखको आकर्षक शरीरको फोटोसुट हालै मात्र गरेका छन् ।

साहरुखले चलचित्रका लागि ‘टेन प्याक्स’को शरीर बनाएका छन् । सधै फिट रहने र दैनिक आधा घन्टा व्यायम गर्ने हो भने शरीर मेन्टेन रहने साहरुखको भनाई छ । साहरुखले आफूलाई यस्तो शरीर बनाउन एक महिना मात्र लागेको बताएका छन् ।

साहरुखले चलचित्रको सुरुवातमै आफ्नो आकर्षक शरीर देखाउँनेछन् । साहरुखको ‘टेन प्याक्स’को तस्बिर सार्वजनिक भएसँगै सिनेमाको चर्चा चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?