Comments Add Comment

पैसा थुप्रियो, लगानी गर्ने ठाउँ भएन

nepali-note२५ भदौ, काठमाडौं ।
· सोमबार सकिएको नाडा अटोमोबाइल्समा सहभागी वाणिज्य बैंक अटो कर्जामा ग्राहक तानन चर्को प्रतिस्पर्धामा उत्रिए ।

· नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट गत महिना २० अर्व निक्षेप संकलन गर्ने प्रस्ताव माग्दा ३५ अर्वको आवेदन पर्‍यो यसमा बैंकले १ प्रतिशतभन्दा कम व्याजदर पाउँछन् ।

· ९१ दिनको ऋणपत्रको व्याजदर अहिले ०.०१७ प्रतिशत छ ।

यी तीन उदाहरणले बैंक तथा वित्तीय संस्थामा देखिएको आर्थिक तरलता (लगानीयोग्य रकम) ले निकास खोजिरहेको प्रमाणित हुन्छ ।

पछिल्लो एक वर्षदेखि अधिक तरलताको समस्या भोग्दै आएका बैंक तथा वित्तीय संस्थाले अझै पनि अधिक तरलताको समस्याबाट पार नपाउने बैंकहरुबीच अटो लोन दिन ग्राहक तान्न भएको प्रतिस्पर्धा र ट्रेजरी बिल्सको व्याजदरले पुष्टि गर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

तत्कालका लागि बैंकिङ क्षेत्रबाट २० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गए पनि अधिक तरलता रकम केही घटेको छ । तर, राष्ट्र बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने व्याजदरले बैंकहरुले निक्षेपकर्तालाई तिर्न पुग्ने व्याजदर पनि प्राप्त हुँदैन ।
अर्थशास्त्री डा. डिल्लीराज खनालले पछिल्लो समयमा वित्तीय क्षेत्रमा निक्षेप राखिने पैसा ‘नेगेटिभ सेभिङ’ हुन पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment