Comments Add Comment

जनमैत्री अस्पतालको पैसा जनार्दनको घरमा ?

janardan-sharma२५ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाओवादी सभासद जनार्दन शर्माले जनमैत्री अस्पतालको पैसा आफ्नो घरमा जम्मा गर्न लगाउने गरेको र संसदमा भन्दा बढी समय अस्पतालमा विताउने गरेको समाचार बुधबार साप्ताहिकले छापेको छ ।

बुधबार प्रकाशित सो साप्ताहिकमा लेखिएको छ- केही दिनअघि नोबेल समूहलाई जनमैत्री अस्पतालबाट एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले लात हानेका छन् । नयाँ ब्यवस्थापनले चित्तबुझ्दो ढंगले अस्पताल चलाउन नसकेको र झनै भद्रगोल हुन पुगेको आरोप लगाउँदै नाबेल समूहबाट ब्यवस्थापनको तालाचाबी प्रभाकर आफैले लिएका हुन् । तर, सुत्रका अनुसार पछिल्लो समय ब्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आइरहेको थियो । एक जना केपी शर्मालाई हटाए पनि केपी शर्मा नाम गरेकै अर्का ब्यक्तिलाई अहिले प्रभाकरले प्रबन्ध निर्देशकमा नियुक्त गरेका छन् । प्रभाकरले नियुक्त गरेका शर्मा चाँही एमाओवादीकै कार्यकर्ता हुन् । यसअघि उनी नलसिंहगाड जलविद्युत आयोजनाका प्रमुख थिए ।

नोबेल समूहलाई हटाएपछि अहिले प्रभाकर आफैं अस्पतालमा बस्न थालेका छन् । सार्वजनिक लेखा समितिका सभापति भएका प्रभाकर अचेल संसद भवनतिर भन्दा जनमैत्री अस्पतालमा नै बढी समय भेटिन्छन् । नोबेल समूहले ब्यवस्थापनको जिम्मा लिनुअघि पनि उनले नै अस्पतालमा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने गर्दथे । एमाओवादीका बरिष्ठ नेताहरुसमक्ष प्रभाकरले अस्पतालको रकम जथाभावी चलाएको कुरा पनि पुगेको थियो । उनले काउन्टरमा जम्मा गरिएको रकम आफ्नो घरमा ल्याउन लगाउने गरेको आरोप लगाइएको थियो । दैनिकरुपमा आम्दानी भएको रकम नै उनको घरमा पुर्याउन थालिएपछि कर्मचारीहरुले समयमै तलब पाउन नसकेपछि उनीविरुद्ध एमाओवादीका शीर्ष नेताहरुसमक्ष कुरा पुगेको बताइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment