Comments Add Comment

आचार्य र थापा मन्त्रीबाट हटाइए, महेश र दिपकचन्द्र नयाँ मन्त्री

२७ भदौ, काठमाडौं । नेकपा एमालेले पर्यर्टनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएको छ ।

mahesh-basnetप्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दीपकचन्द्र अमात्य र महेश बस्नेतलार्इ मन्त्रीमा नियुक्त गरेका छन् । ‘सम्वन्धित दलको सिफारिसमा मन्त्रिपरिषद् पुनगर्ठन गरिएको’ प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एमालेको सिफारिसमा अमात्यलाई संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयनमन्त्री र बस्नेतलाई उद्योगमन्त्री बनाइएको छ ।

एमाले अध्यक्ष केपी ओली निकट बस्नेत युवा संघका अध्यक्ष हुन् । हालै भएको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनले पदस्थापन गर्ने कर्ण पनि ओली निकटका केन्द्रीय सदस्य हुन् ।

यस्तै दीपकचन्द्र अमात्य सुशीलचन्द्रका छोरा हुन् । अघिल्लो संविधानसभामा उनलाइए राजीनामा गएर माधवकुमार नेपाललाई सभासद बनाइएको थियो । पछि अमान्य श्रीलंकाका लागि राजदूत नियुक्त भएका थिए ।

एमाले तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा दीपकचन्द्र स्वकीय सचिव थिए । नवौं महाधिवेशनको महाधिवेशन प्रतिनिधिमा उनी पराजित भएका थिए । मन्त्रीबाट फिर्ता बोलाइएका भीम आचार्य पनि खनाल निकटका हुन् ।

pm-office-statement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment