+
+
Shares

गीत देखाउन पनि ज्योतिषको साहारा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३० गते १४:१०

samyam-aasma-and-salon
सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलले आफ्नो चलचित्र ‘आभाष’को एक गीत देखाउन पनि ज्योतिषको साहारा लिए । पत्रकारहरुलाई बिहान ११ बजे बोलाइएपनि, चलचित्रका कलाकार र निर्देशक नै उपस्थित भएनन् ।

कारण वुझ्दै जाँदा थाहा भयो, निर्देशकले कार्यक्रम हुने स्थानसम्म गीत नै ल्याएका रहेनछन् । ११ बजे बोलाइएपनि निर्देशक १२ बजेर ४१ मिनेट जाँदा मात्र गीत देखाउने तयारीमा थिए । यसको मुख्य कारण  थियो, ज्योतिषले दिएको साइत ।

सिनेमा बनाउँदा ज्योतिषको सल्लाहामा नाम र काम अगाडि बढाइएको घटना त नेपाली फिल्मका लागि नयाँ होइन । तर, एउटा गीत सार्वजनिक गर्दा पनि ज्योतिषकै सल्लाहामा समय तोकिनु भने आफैमा नयाँ थियो ।

ठिक १२ बजेर ४१ मिनेटको समयमा चलचित्रको पहिलो गीत पत्रकारहरुलाई देखाइयो । जसका कारणले पनि अनावश्यक रुपमा उपस्थित पत्रकार र अन्य अतिथीले हैरानी भोगे ।
पौष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमालाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा संयम पुरी, आश्मा डीसी, सलोन बस्नेत, निशा अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारको अभिनय छ ।

यूवापुस्ताको जीवनमा आइपर्ने समस्या र खुशीलाई पर्दामा उतारिएको निर्देशक पौडेलले बताए । सार्वजनिक गीतको सम्पादन र छायांकन राम्रो रहेको प्रतिक्रिया कार्यक्रममा उपस्थित अतिथीहरुले दिएका थिए । हरेक महिना नयाँ नयाँ गीत सार्वजनिक गर्ने निर्माता गोविन्द शाहीले जानकारी दिए ।

पहिलो गीत सार्वजनिक गर्दा अतिथीहरुलाई कुराएर ज्योतिषको भर परेका निर्देशक पौडेलले, सिनेमा नै रिलिज गर्दा के गर्ने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?