
कलाकारलाई ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गर्ने बिषय चर्चामा आएपछि यसले विवाद समेत निम्त्याएको छ । कलाकारलाई बर्गीकरण गर्न हुँदैन भन्ने तर्कहरु सुरु भएका छन् ।
यस बिषयमा संचारमन्त्री मिनेन्द्र रिजालले गलत चर्चा भएको दुख व्यक्त गरेका छन् । आज चलचित्र सेन्सर बोर्डका केही पदाधिकारीसँग भेटगरि संचारमन्त्रीले बर्गीकरण गर्न नखोजेको जनाएका हुन् । संचारमन्त्रीले कलाकारको बर्गीकरण गर्ने सरकारले कुनै पनि सोच नराखेको जनाउँदै कलाकर्मीलाई सुविधा मात्र दिन खोजेको बताएको सेन्सर बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलले बताए ।
सुरेशले भने-‘संचारमन्त्रीले बर्गीकरणको बिषयमा गलत चर्चा भएको बताउनुभयो ।’ कलाकारलाई बर्गीकरण गर्ने कुनै कुरा नभएको भन्दै संचारमन्त्रीले परिचयपत्र वितरण गर्न लागिएको जनाएका हुन् । सुरेशका अनुसार कलाकारलाई विभिन्न स्थान र बिषयमा सुविधा दिनका लागि परिचयपत्र तयार पारिनेछ । परिचय पत्र कस-कसलाई दिने भन्ने बिषयमा विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाका प्रतिनिधी बसेर छलफल हुनेछ ।
‘केही समयअघि सरकारले बर्गीकरणका लागि कार्यदल बनाएको भन्ने बिषयमा समेत कुनै निर्णय भएको छैन’, सुरेशले भने । कार्यदलका लागि विभिन्न नाम मात्र आएको तर संचारमन्त्रीले हस्ताक्षर नगरिसकेको अवस्था छ । कार्यदल गठन भएपछि त्यसले कलाकर्मीको बायोडाटा कलेक्शन गर्नेछ । सरकारले त्यसको आधारमा परिचयपत्र वितरण गर्ने जनाइएको छ ।
कलाकारको बर्गीकरण गर्ने सरकारको कुनै मनसाय नभएको संचारमन्त्रीको भनाई छ । परिचयपत्रका आधारमा कलाकारले विभिन्न सुविधाहरु पाउँनेछन् ।
प्रतिक्रिया 4