+
+
Shares

शोभराजलाई सर्वश्वसहित जन्मकैदको सजायँ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १ गते १७:१४

१ असोज, काठमाडौं । भक्तपुर जिल्ला अदालतले हत्या लगायतका मुद्दामा कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वश्वसहित जन्मकैदको सजायँ सुनाएको छ ।

Sovrajन्यायाधीश नगेन्द्रलाल कर्णको इजलासले क्यानडेली नागरिक लोरेन्ट क्यारियरको हत्या आरोपमा दोषी ठहर गर्दै शोभराजलाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतमा शोभराज र उनको वकिल सकुन्तला थापा उपस्थिति नभएपछि जिल्ला अदालतले वैतनिक वकिलको रुपमा हरि राउतलाई बहस गराएर मुद्दाको फैसला गरेको थियो ।

शोभराज अहिले काठमाडौं गोलघरमा जेलमा छन् । विकिनी किलरका रुपमा चिनिएका शोभराजले २०३२ साल पुस ६ मा लोरेन्टको हत्या गरेका थिए । 

लोरेन्टको शव टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो । २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि प्रहरीले मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?