Comments Add Comment

सर्वोच्चले विशेष अदालतसँग सीके राउतलाई थुन्नुको कारण माग्यो

५ असोज, काठमाडौं । सर्वोच्च अदालतले डा. सीके राउतको बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा विशेष अदालतलाईए पनि विपक्षी बनाउँदै थुनामा राख्नुको कारण मागेको छ ।

ck-raut
फाइल फोटो

न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले विशेष अदालतलाई पनि विपक्षीमा थप्दै कारण देखाउ आदेश जारी गरेको हो । यसअघि भदौं ३० गते न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्दै असोज ३ गते बन्दीलाई सशरीर उपस्थित गराउन भनेको थियो ।

विपक्षी थप्दै लिखित जवाफ माग भएपछि राउत केही दिन रिहा नहुने भएका छन् । प्रहरीले उनलाई अहिले म्याद थपका लागि विशेष अदालत ल्याएको छ ।

राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि विशेष अदालतले शुक्रबार राउतलाई २ दिन थुनामा राख्न आदेश दिएको थियो ।

राउत अघिल्लो शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनीविरुद्ध मोरङ प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment