Comments Add Comment

दशैंमा उपहार तथा छुटको बहार, आकर्षक उपहारमा प्रतिस्पर्धा

bigyapan

६ असोज, काठमाडौं । केही वर्ष अगाडिसम्म आम नेपालीलाई राम्रो लगाउन र मिठो खान दशैं-तिहार कुर्नुपथ्र्यो । दशैंमा जसरी भएपनि पैसाको जुवाड गरि नयाँ कपडा किनेर लगाउने प्रचलन थियो ।

अहिले अधिकांश नेपालीलाई राम्रो लगाउन र मिठो खान दशैं-तिहार नै कुर्नुपर्ने बाध्यता छैन । विभिन्न पेशा व्यवसायबाट आयस्रोत बढाउँदै गएका नेपालीहरु अहिले चाहेको बेलामा आफुलाई आवश्यक वस्तुहरु खरिद गर्ने समाथ्र्य राख्छन् ।
तर, अहिले पनि आम नेपालीहरु अत्यावश्यक बाहेकका सामान खरिद गर्न दशैंतिहार नै कुर्ने गरेका छन् । फरक यत्ती भयो, पहिला पैसा दशैंमा जुवाड गरेर सामान खरिद गरिन्थ्यो, अहिले उपहार तथा छुटका लागि दशैं कुर्न थालिएको छ ।
उत्पादक, बिक्रेता तथा उपभोक्ता तीन पक्षका लागि दशैं-तिहार समान खरिद बिक्रीका लागि उपर्यूक्त समय बनेको छ । दशैं-तिहार आउन नपाउँदै सबैजसो उत्पादक तथा बिक्रेताहरु आफ्नो व्यापार बढाउन आकर्षक छुट तथा उपहारको घोषणमा प्रतिस्पर्धा गर्न थाल्छन् ।

पछिल्लो समय उपहार र छुट नदिइ समान नै बिक्री नहुने अवस्था आइसकेको व्यवसायी बताउँछन् । ‘ग्राहकहरु पसलमा आउनासाथ छुट कति छ, उपहार के-के छन् भनेर सोध्छन’ न्यूरोडका टिभी व्यवसायी हरी जोशी भन्छन्- ‘त्यहि भएर व्यवसायीहरु उपहार तथा छुटमा प्रतिस्पर्धा गर्नुपरेको छ ।’
दशैं-तिहारमा सामान्य किराना पसलदेखि सवारी बिक्रेतासम्म सबैले ग्राहक आकषिर्त गर्न उपहार तथा छुट योजना ल्याउने गरेका छन् ।

दशैंमा कर्मचारीहरुले बोनससहित तलब बुझ्ने हुँदा पनि अन्य सिजनमा भन्दा बढी किनमेल हुन्छ । यही कुरालाई मध्यनजर गर्दै उत्पादक तथा बिक्रेता उनीहरुलाई आकषिर्त गर्न छुट र उपहार घोषणा गर्ने गर्छन् ।
उपहार तथा छुटले उपभोक्ता आकषिर्त गर्ने गरेको व्यवसायी बताउँछन् । त्यसो त अधिकांश व्यवसायी यो समयमा गर्मी यामका लुगाहरुको स्टक क्लियरेन्स गर्न पनि आकर्षक छुट तथा उपहार दिने घोषण गर्छन् ।

व्यवसायीका अनुसार वर्षभरी हुने कारोबारको ३० प्रतिशत दशैं-तिहारमा हुने गर्छ । यो समयमा कतिपय व्यवसायीहरुले वर्षभरीलाई पुग्ने कारोबार गर्छन् । यो समयमा उपभोक्ताले लुगाफाटो मात्र नभई घरायसी सामान तथा अन्य विलासी समानसम्म खरिद गर्ने गर्छन ।

यसपटक पनि विगतका वर्षहरुमा जस्तै कम्पनीहरुले आकर्षक छुट तथा उपहार योजना सार्वजनिक गरिसकेका छन् । दशैं-तिहारलाई लक्षित गर्दै ल्याइएको उपहार योजनाहरु यस्ता रहेका छन् ।

सामसुङको सोलिड क्यासब्याक

सामसङ मोबाइलको आधिकारिक वितरक आइएमएसले आफ्ना ग्राहकका लागि ‘सोलिड क्यासब्याक’ दशैं-तिहार योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले सामसङको कुनै पनि मोबाइल वा ट्याबलेट खरिद गर्दा अधिकतम १६ हजारसम्मको क्यास ब्याक तुरुन्तै पाउनेछन् ।

एनसेल : मेन व्यालेन्स फिर्ता

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले दशैं-तिहारमा क्यास ब्याक योजना ल्याएको छ । भदौ २६ बाट शुरु भई ८ हप्तासम्म लागु हुने यस योजनामा ग्राहकहरुले प्रत्येक दिन निश्चित रकम बराबरको मेन व्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको वोनस व्यालेन्स प्राप्त गर्नेछन् ।

हुन्डाईको ‘मिस्सी बादशाह एक्का अफर’

हुन्डाई गाडीको नेपालका लागि आधिकारकि बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारमा ‘मिस्सी, बादशाह, एक्का योजना’ घोषणा गरेको छ । यस योजनामा ग्राहकहरुले तीनवटा ठूला उपहार जित्ने मौका पाउनेछन् ।
त्यस्तै, हुन्डाई गाडी खरिद गर्ने हरेक ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको नगद छुट समेत प्राप्त गर्ने कम्पनीले बताएको छ ।

डिसहोमको ‘स्वर्ण उत्सव’

डिसहोमले स्वर्ण उत्सव योजना ल्याएको हो । योजनाअन्तर्गत डिसहोम खरिदमा हरेक ग्राहकले चाँदीको सिक्का उपहार प्राप्त गर्नेछन् । साथै, उक्त योजना अवधिभर हरेक साता हुने लक्की ड्र मार्फत ८ जना बिजेताले प्रतिव्यक्ति १० तोला सुन जित्ने कम्पनीले जनाएको छ । योजना अवधिभर १ किलो सुन ग्राहकलाई प्रदान गरिने उल्लेख छ ।

पशुपति पेन्ट्सको चाडपर्व योजना

पशुपति पेन्ट्सले ‘दशैं तिहार खुशीको बहार, पशुपति पेन्ट्स खरीदमा पक्का उपहार’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत एकजना ग्राहकले बम्पर पुरस्कारमा रोयल इन्पिल्ड क्याफे रेसर मोटरसाइकल, ४ जनाले महिन्द्रा स्कुटर १ सय २५ सीसी, ४० जनाले काठमाडौं-बैंककको दुईतर्फी हवाई टिकट, हरेक साता १० जनाले यति एयरलाइन्सको एकतर्फी हवाई टिकट र प्रत्येक खरिदमा जोन प्लेयर्सको टि-सर्ट पुरस्कार पाउने छन् ।

बज्र एण्ड बज्राचार्यमा ५० प्रतिशत छुट

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले सिमित स्यानिटरीका सामानहरुमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । भदौ २२ गतेदेखि सिमित अवधिका लागि ‘फष्ट कम फष्ट सर्भिस’का आधारमा ग्राहक वर्गहरुलाई ब्ााई वान गेट वान फ्रिज अफरका साथै विभिन्न उपहार दिइने कम्पनीले जनाएको छ ।

टिसिएल योजना

टिसिएल घरायसी सामग्रीको आधिकारिक विक्रेता ईओएलले दशैतिहारको उपलक्षमा ‘सबैको दशैतिहार, सबैलाइ पक्का उपहार’ योजना ल्याएको छ । यो याजनामा विभिन्न साइजको टिभि अनुसार उपहार घोषणा गरेको छ । टिसिएलले हरेक टिभीको खरिदमा टिसिएल टि-सर्ट तुरुन्त पाइने जनाएको छ ।

गोद्रेज योजना

गोदरेज होम अप्लाएन्को नेपालका लागि आधिकारिक विक्रेता इओएल प्रालिले गोदरेज सामानको खरिदमा विभिन्न उपहार योजना ल्याएको छ । उक्त अफरमा ग्रहकहरुले बैंकक टुर प्याकेजका साथै ५० हजार रुपैयाँसम्म नगद पाउन सक्नेछन् ।

यो योजना गोदरेजको जुनसुकै रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा लागु हने कम्पनीले जनाएको छ ।

रनको ‘साँवा भन्दा ब्याज ठुलो’

रन शुजले दशैं-तिहारको अवसरमा नयाँ योजना ‘साँवा भन्दा ब्याज ठुलो’ योजना ल्याएको छ । योजनाअन्तरगत ग्राहकहरुले प्रत्येक जोर रन जुत्ता खरिद गर्दा एउटा टिसर्ट प्राप्त गर्नुका साथै स्क्राच कुपन समेत प्राप्त गर्नेछन् । स्क्राच कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले १/१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

सीजी बबाल डिस्काउन्ट

सीजी इलेक्ट्रोनिक्सले ‘सीजी बबाल डिस्काउन्ट बडा चाडमा बडा नगद छुट’ योजना ल्याएको छ । योजनाको मुख्य विशेषता उपभोक्ताहरुलाई पर्वमा आर्थिक भार कम गराउनु रहेको छ ।

सीजीले एलइडी टिभीको खरिदमा आकर्षक छुटसहित एक वर्षको वारेन्टी दिने जनाएको छ । उपभोक्ताको सुविधाका लागि विभिन्न बैंकहरुबाट शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको व्यवस्था पनि कम्पनीले मिलाएको छ ।

‘शिखर शु, उपहार तु’ योजना

शिखर शुजले ग्राहकलक्षित योजना ‘शिखर शु, उपहार तु’ ल्याएको छ । यस योजनामा १५ सय वा सो भन्दा बढीको जुत्ता खरीदमा एउटा शिखर शु केयर गिफ्ट हृयाम्पर सित्तैमा पाइने छ ।

सो गिफ्ट हृयाम्परमा शिखर शु पालिस, शिखर शु इन्स्ट्यान्ट पालिस, शिखर शु डस्टर, शिखर स्पोर्ट शु पालिस, शिखर शु हर्न तथा शाइनर क्लथ रहेका छन् । त्यस्तै १५ सय रुपैयाँभन्दा कम मूल्यको जुत्ता तथा चप्पल खरिदमा समेत शिखर शु पालिस तु उपहार पाइने कम्पनिले जनाएको छ ।

एसियन पेन्ट्सको ‘अनलिमिटेड इलेशन’

एसियन पेन्ट्सले चाडपर्वको अवसरमा ‘अनलिमिटेड इलेशन’ योजना ल्याएको छ । कम्पनीले ५० हजार वा सोभन्दा बढी मूल्यको एसियन पेन्ट्सको खरिदमा पक्का उपहार चाँदीको सिक्का र रोयल प्ले डिजाइनर फिनिस तथा लक्की ड्र मा सहभागी हुन पाउने छन् ।

लक्कि ड्रमार्फत सिंगापुर, दुबई वा बैंकक भ्रमण, स्कुटर, एलइडी टिभी, ल्यापटप, ट्याबलेट, सामसुङ ग्यालेक्सी ग्रान्ड२ क्यानन १५ मेगा विक्सेल क्यामेरा लगायत पुरस्कार पाइने कम्पनीले जनाएको छ ।

जगदम्बाको योजना

जगदम्बा सिमेन्टले दसैं-तिहार उपहार योजना ‘जगदम्बा सिमेन्ट रमाइलो दशैं-तिहार होन्डा सीबीआर जिती हृयाप्पी परिवार’ ल्याएको छ । योजना अन्तर्गत प्रत्येक ५० बोरा जगदम्बा सिमेन्टकोे वा जगदम्बा सिमेन्टका उत्पादनहरुको खरीदमा उपभोक्ताले स्क्राच कुपन पाउने छन् ।

उक्त कुपन स्क्र्याच गरी होन्डा सीबीआर, होन्डा डियो, कोन्का ४२ इन्च स्मार्ट टिभी, टेल ल्यापटप, कोन्का वासिङ मेसिन, ३२ र २६ इन्च कोन्का एलइडी टिभी, कोन्का उफर लगायत उहारका साथै लाखौं नगद पाउने कम्पनीले जनाएको छ ।

तोसिवा योजना

तोसिवाले दशैं-तिहार तथा छठ पर्वको अवसरमा ‘बढाउँदै छ उमङ्ग हरेक उत्सवमा’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनै पनि सामानको खरिदमा स्योर सट पुरस्कारहरु प्राप्त गर्ने छन् ।
तोसिवाले टिभीको साइजअनुसार उपहार दिने जनाएको छ । त्यस्तै, वासिङ मेसिनको खरिदमा स्टिम आइरन उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

रिद्धिसिद्धिको दशैं छुट

रिद्धिसिद्धि ज्वेलर्सले दशैं-तिहार तथा छठ पर्वको अवसरमा हरेक खालका गहनाको खरिदमा विशेष छुट प्रदान गरेको छ । रिद्धिसिद्धिले सुनको गहना खरिद गर्दा ज्यालामा १ सय ५ छुट र हिराका गहनाहरुमा ३ सय ५ सम्मको आकर्षक छुट दिने जनाएको छ । यो योजना सीमित अवधिको लागि लागू हुनेछ ।

फिलिप्सको सामानमा नगद छुट

फिलिप्सका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता स्याकार कम्पनिले दशैं-तिहारको उपलक्ष्यमा बिक्री प्रवर्धन गर्ने उद्देश्यले विभिन्न सामानको खरिदमा १५ देखि २५ प्रतिशतसम्म नगद छुट पाउने स्किम ‘फेस्टिभ फिस्टा’ ल्याएको छ ।

उक्त स्किम काठमाडौंमा रहेको विशालबजार, न्यूरोड, कुमारीपाटी र ज्योति भवनस्थित शोरुमबाट लिन सकिने जनाइएको छ ।

‘हिमस्टार भुइँमै खुट्टा छैन’ उपहार

हिम इलेक्ट्रोनिक्सले नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टारले दशैतिहारलाई लक्षित गरि ‘हिमस्टार भुइँमै खुट्टा छैन’ उपहार कार्यक्रम ल्याएको छ । दशैको पर्वमा एक पटक भुइँ छोड्नुपर्ने’ मान्यतालाई आत्मसात गर्दै हिमस्टारले यो उपहार योजना ल्याएको कम्पनीले जनाएको छ ।

उपहार योजनाबाट ३२ देखि ५० इन्चसम्मका हिमस्टार एलइडी टेलिभिजन खरिद गर्नेले बजाज ब्राभो २-जार मिक्स्चर ग्राइन्डर उपहार प्राप्त गर्नेछन् भने १६ देखि २४ इन्चका हिमस्टार एलइडी टेलिभिजन खरिदमा इमर्जेन्सि लाइट पक्का उपहार प्राप्त गर्नेछन् ।

त्यस्तै, डबल डोर रेफ्रिजेरेेटरको साथमा भ्याकुम क्लिनर तथा सिङ्गल डोर रेफ्रिजेरेेटरको साथमा आइरन उपहार प्राप्त गर्न सकिन्छ । ग्राहकहरूमध्ये ३ विजेताले स्क्र्याच कार्डबाट बजाज पल्सर १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, स्क्र्याच कार्डबाटै १ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यामाहाको छुट योजना

एमएडब्लु ईन्टरप्राइजेजले दशैं-तिहारको अवसरमा यामाहाको मोटरसाइकल किन्ने ग्राहकलाई विषेश छुटको घोषणा गरेको छ । कम्पनीले ‘यामाहा विजययात्रा’ नामक योजना सार्वजानिक गरेको छ ।

जुन योजनामा ग्राहकले प्रत्येक यामाहा मोटरबाइकको खरिदमा १० हजार रुपैयाँ र स्कूटरमा ८ हजार रुपैयाँ छुट पाउने छन् । यामाहा मोटरबाइकमा २ वर्ष वा ३० हजार किलोमिटर र यामाहा स्कुटरमा २ वर्ष वा २४ हजार किलोमिटरको वारेन्टी छ ।

हरेक हप्ता लक्की ड्रमार्फत ४ जना भाग्यशाली विजेतालाई एक लाख, ५० हजार, २५ हजार र २५ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

केल्भिनेटर ‘अनलिस द कुलनेस’ योजना

घरायसी उपकरण ब्रान्ड केल्भिनेटरले दशैं-तिहारको अवसर पारेर ‘अनलिस ट कुलनेस’ योजना ल्याएको छ । जसमा केल्भिनेटर वासिङ मेसिन खरिद गर्ने ग्राहकहरुले सीजी स्टिम आइरन प्राप्त गर्न सक्नेछन् । नेपालमा केल्भिनेटर ब्रान्डका घरायसी उपकरणहरु चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको छ ।

अमेरिकन प्रविधिमा आधारित केल्भिनेटर उपकरणहरु वातावरणमैत्री रहुनका साथै उर्जा समेत बचाउ गर्ने कम्पनीको दाबी छ । केल्भिनेटरका साथ यो उत्सवमा ग्राहकहरुले थप खुसी र चिसोपना पाउने कम्पनीले विश्वास लिएको छ ।

रोयल शुज : बम्परमा आई-१० कार

रोयल शुजले दशैं-तिहारको उपलक्ष्यमा विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल सुजको वहार दशैं तिहारमा उपहारै उपहार’ भन्ने नारासहित कम्पनीले दशैं तिहार योजना सर्वजनिक गरेको हो ।
उपहार योजनाअन्तर्गत कम्पनीले विभिन्न मोडलका आकर्षक जुत्ताहरू बजारमा ल्याएको छ । यी जुत्ताहरूको खरिदमा प्राप्त हुने स्क्रयाच कुपनमार्फत ग्राहकहरुले ५ देखि शत् प्रतिशतसम्म नगद छुट तथा ५० हजारदेखि दुई नाख रूपियाँसम्म नगद उपहार प्राप्त गर्न सक्नेछन् ।

साथै, बम्पर पुरस्कारमा आई १० गाडी जित्न सकिने कम्पनीले जनाकारी दिएको छ ।

सुजुकी ‘बडादशैं उपहार’

सुजुकी गाडी खरिद गर्दा १० देखि ५० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । स्क्र्याच कुपनमार्फत पाइने छुट दशैं-तिहारलाई लक्षित गर्दै ल्याइएको छ । त्यस्तै, बम्पर उपहारमा टीभीएस अपाचे र टीभीएस जुपिटर बाइक हात पार्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment