Comments Add Comment

झलनाथले भने- मन्त्रिपरिषदमा फेरि हेरफेर हुन्छ

६ असोज, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषदमा दसैं तिहारपछि नै पुनः हेरफेर हुने बताएका छन् ।

jhalanath-Khanalएशियाली राजनीतिक पार्टीहरुको संगठन आइक्यापको श्रीलंकामा सम्पन्न बैठकमा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले मन्त्रिपरिषमा केही समयपछि पुनः हेरफेर हुने बताएका हुन् ।

केही दिनअघि मात्रै एमालेका दुई मन्त्री भीम आचार्य र कर्णवहादुर थापालाई हटाएर महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई पठाउने निर्णयको पनि खनालले बचाउ गरे । खनालले भने-‘यो सामान्य र नियमित प्रक्रिया हो, सरकारमा को पठाउने र कसलाई फिर्ता बोलाउने भन्ने पार्टीको र प्रधानमन्त्रीबीचको कुरा हो । यो चलिरहन्छ ।’

कोलम्बोमा सम्पन्न आइक्यापको आठौं महासम्मेलनमा एशियाका ७० राजनीतिक पार्टीका नेताहरुले भाग लिएको उनले जानकारी दिए ।

आइक्यापको स्थायी समितिको उपाध्यक्ष नेकपा एमालेका अध्यक्ष केपी ओली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment