+
+
Shares

पूर्वराजाले भने-मलाई ईश्वर र डाक्टरले बचाए

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते १८:५५

६ असोज, काठमाडौं । हृदयघातको उपचार गरी विनवासमा फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहले आफू ‘ईश्वरको अनुग्रह र दक्ष चिकित्सकहरुको कुशल उपचार सेवाबाट स्वस्थ्य भएको प्रतिक्रिया दिएका छन् ।

gyanendraपूर्वराजाले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारसमेत प्रकट गरेका छन् ।

पूर्वराजा नर्भिक अस्पतालबाट डिस्चार्ज भएपछि सोमबार साँझ पूर्वराजाका निजी सचिव फणिराज पाठकद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ-‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट आफू ईश्वरको अनुग्रह र दक्ष चिकित्सकको कुश उपचार सेवाबाट स्वस्थ्य भएको महसुस गरिबक्सेको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ,’आफ्नो अस्वस्थताको क्षणमा सेवारत एवं सुस्वास्थ्यलाभको कामना राख्ने सबैलाई हार्दिक धन्यवाद बक्सेको छ ।’

दसैंपछिसम्म आराम गर्नुपर्ने

यसैवीच पूर्वराजाले दसैंपछिसम्म आराम गर्नुपर्ने भएको छ । सचिव पाठकले यसबारे जानकारी दिँदै भनेका छन्-‘चिकित्सकहरुले मौसुफलाई केही हप्ता आराम गरिबक्सन परामर्श दिएका छन् ।’

शुक्रबार राति अकस्मात हृदयघात भएपछि पूर्वराजालाई तत्काल नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  डाक्टरहरुको सफल उपचारपछि शाह आइतबार डिस्चार्ज भएका हुन् । त्यसअघि राष्ट्रपति डा. रामवरण यादवले नर्भिक अस्पतालका डा. भरत रावतलाई फोन गरी पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?