Comments Add Comment

एसियाड खेल्न गएका नेपाली खेलाडी कोरियामा बेपत्ता

८ असोज, काठमाडौं । मुलुकको नाम राख्न दक्षिण कोरिया पुगेका एकजना राष्ट्रिय खेलाडी मुलुककै बद्नाम गर्दै बेपत्ता भएको सोलस्थित नेपाली दूतवाास स्रोतले जनाएको छ ।

सत्रौं एसियाली खेलकुदको लागि दक्षिण कोरिया पुगेका सेपाक ताक्रो खेलका खेलाडी अमन पोडे मंगलवार रातिदेखि सम्पर्कविहीन भएको जानकारी दूतावासमा पुगेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार पोडेको बुधबार काठमाडौंको उडान थियो । उनी मंगलवार दिनभरी खेल अधिकारी र खेलाडीहरुसँग रहे पनि राति भागेको स्रोतले जनाएको छ ।

नेपाली अधिकारीहरुले यसबारेमा त्यहाँको प्रहरीलाई पनि जानकारी गराएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सिताराम मास्केले बताए ।
एशियाडमा भाग लिन नेपालबाट करीव दुई सय खेलाडी कोरिया पुगेका छन् ।

कोरियामा भागेर गैरकानुनी रुपमा बस्ने नेपाली खेलाडीहरुको संख्या धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment