कुनै समयकी चर्चित अभिनेत्री शिल्पा शेट्ठी अहिले पर्दामा देखिन छाडेकी छिन् । पछिल्लो समय आफ्नो ब्यापार ब्यबसायमा संलग्न शिल्पा अचेल प्राय श्रीमान र छोराको साथमा देखिन थालेकी छिन् ।
केही दिन अघि मुम्बई एअरपोर्टमा श्रीमान र छोरा सहित भेटीएकी थिईन् उनि । एअरपोर्टवाट उत्रिएर कतै जान लागेकी शिल्पा सामान्य पोशाकमा थिइन् भने उनका श्रीमान राज कुन्द्रा छोरालाइ बोकेर हिंड्दै थिए ।
निर्माता बन्ने योजनामा रहेकी शिल्पा तत्काल कुनै फिल्म खेल्ने योजनामा छैनन् । सफल निर्मात्री हुने सोचमा रहेकी उनि महिलासंग सम्बन्धित केही रचनात्मक काम गर्ने योजनामा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4