Comments Add Comment

रितिका नयाँ ‘मिस टिन’

miss-teen-2014
‘रिपब्लिका मिस टिन नेपाल २०१४’ को उपाधी रितिका खरेलले जितेकी छिन् । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा बिहिबार सम्पन्न भएको प्रतियोगितामा  उनले अन्य २१ ज्ना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् ।
उपाधीसँगै उनले स्कुटर, मोबाइल तथा गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । प्रतियोगितामा फस्ट रनरअप सामना गुरुङ र मलिशा महर्जन सेकेन्ड रनरअप बनिन् । काठमाण्डौ जेसिसले अंग्रेजी पत्रिका रिपब्लिकासँग सहकार्य गर्दै यो प्रतिस्पर्धाको आयोजना गरेको हो ।

प्रतियोगितामा मुख्य निर्णायकको जिम्मेवारी जेसिस सिनेटर दिवाकर राज कर्णिकारले निर्वाह गरेका थिए भने उनलाई नेपाल रिपब्लिक मिडिया कर्पोरेट अफेयर्स म्यानेजर समृद्धि ज्ञवाली, अभिनेत्री पि्रयंका कार्की, अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठ, अभिनेता तथा मोडल अनुप बिक्रम शाही र एमाले नेता योगेश भट्टराईले निर्णयमा सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment