Comments Add Comment

प्रतिपक्षी नेताहरुले बामदेवलाई भने-सीकेलाई हिरो नबनाऊ

१० असोज, काठमाडौं । प्रमुख विपक्षी एमाओवादी सहित मधेसवादी र जातीय पार्टीका नेताहरुले मधेशलाई देशबाट अलग गर्ने अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतलाई रिहा गर्न सरकारलाई दबाव दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका नेताहरुले शुक्रवार कार्यवाहक प्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमलाई भेटेर राउतलाई रिहा गर्न आग्रह गरेका छन् ।

स्रोतका अनुसार राउतलाई पक्राउ गर्दा रातारात हिरो भएको र मधेसका मूलधारका राजनीतिक दललाई विस्थापित गर्न खोजिएको भन्दै मधेशवादी दलहरुले रिहा गर्न माग गरेको हुन् । ‘सिके राउतलाई जति दिन थुन्नुहुन्छ त्यतिनै ऊ मधेसमा हिरो हुन्छ, मूलधारका राजनीतिक दलहरु कमजोर हुन्छन’-मधेसवादी दलका नेताहरुको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

जवाफमा कार्यवाहक प्रधानमन्त्री गौतमले प्रक्रिया मिलाएर राउतलाई रिहा गरी परिस्थिती मत्थर पार्ने आश्वासन दिएका छन् ।

प्रचण्डलाई संयोजक बनाउने सहमति भएको छैनः रावल

यसैबीच शुक्रवारदेखि संसदको अवरोध खुल्ने भनिए पनि दलहरुबीच सहमतिनै नभएको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् ।

बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले प्रचण्डलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाएर संयन्त्रमा मोर्चाका नेताहरुलाई पनि सहभागी गराउने सहमति भएको बताएका थिए ।

तर रावलले भने प्रचण्डलाई संयोजक बनाउने सहमतिनै नभएको बताए । उनले अनलाइनखबरसँग भने-‘प्रचण्डलाई संयोजक बनाउने सहमति भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment