Comments Add Comment

यसरी मान्दैछन पूर्वअर्थमन्त्रीहरुले दसैं

dashain

१५ असोज, काठमाडौं । यतिवेला नेपाली समाजलाई महान पर्व दसैंले छपक्कै छोपेको छ । सर्वसाधारणदेखि ठूलाबडाहरु सबैले दसैं मनाउने अन्तिम तयारी सकेका छन् ।

यसैबीच अनलाइनखबरले पूर्वअर्थमन्त्रीहरु भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, वर्षमान पुन र शंकर कोइरालालाई तपाई दसैं कसरी मनाउँदै हुनुहुन्छ ? भनेर सोधेको थियो ।

Bharat-mohan-1छोरीलाई टिका लगाइदिन दुवई जान्छु
भरतमोह अधिकारी

टिकाको दिनभन्दा अघि पार्टी र साथीभाईबीच दसैंको शुभकामना आदानप्रदान कार्यक्रम छ । बिहान काठमाडौंमा टिका लगाएर दिउँसो टिका लगाउन विराटनगर जान्छु, त्यसैदिन काठमाडौं फर्किन्छु र बाँकी आफन्त कहाँ टिका लगाउँछु ।

टिकाको भोलीपल्ट चाहीँ संयुक्त अरव इमिरेट्समा रहेकी कान्छी छोरीलाई टिका लगाइदिन त्यहीँ जान्छु । चार पाँच वर्ष भयो उनले मेरो हातको टिका लगाएकी छैन । यो वर्ष चै जसरी भएपनि आउनै पर्‍यो, हजुरको हातको टिका लगाउन अत्यन्तै मन छ भनिरहेकी छ । त्यसैले श्रीमति र म छोरीज्वाईलाई टिका लगाइदिन दुवई जाने निर्णय गरेका हौं ।

दसैंको विदाभित्रै नेपाल फर्किएर संविधान निर्माणमा लाग्नेछु ।

surendra pandeyसंविधानले दसैं मनाउन दिएन
सुरेन्द्र पाण्डे
मेरो यो दसैं संविधान निर्माण प्रक्रियामा र राजनीतिक संवाद गरेरै वित्ने छ । १४ गतेसम्ममा प्रतिवेदन पेस गर्नुपर्ने छ, २१ गते नमिलेका विषयमा पनि फूल आउसमा पेस गर्नु छ, अनि कसरी दसैं मनाउनु ?

चुनावी चटारोका कारण गत वर्षको दसैं पनि मनाउन पाईएन । अब संविधान बनाएपछि अर्को वर्ष ढुक्कसँग दसैं मानौला ।

यद्यपि १५ गते घर (चितवन) जान्छु । आमाको हातको टिका लगाएर काठमाडौं फर्किहाल्छु् । समय अभावले दसैंका लागि अरु कुनै योजना बनाएको छैन ।

दसैंमा जिल्ला गएपछि स्थानीय कार्यकर्तासँगको भेटघाटमा पनि व्यस्त भइन्छ । राजनीतिक जीबनमा चाडबाड पनि खुल्ला नहुने रहेछ । कम्यूनिष्ट भएका कारणले दसैंलाई कम महत्व दिएको भने होइन । धर्म, परम्परा र संस्कारमा कम्यूनिष्ट भन्ने हुँदैन । कम्यूनिष्टहरु अझ बढी धार्मिक र संस्कारयुक्त हुनुपर्छ ।

barsaman-punकाठमाडौंमै खसी ढाल्ने योजना छ
वर्षमान पुन

मैले यो दसैं काठमाडौंमै मनाउने निधो गरेको छु । बुबाआमा र दाजुभाई सबै काठमाडौंमा रहेको मेरो कोठामा नै आउनुभएको छ ।

हाम्रो समुदायमा दसैंको टिकाभन्दा बढी अस्टमीको महत्व छ । फूलपातिका दिन, खसी, बोका, राँगालगायत ढाल्ने र अस्टमीको दिन परिवार र आफन्त सबै भेला भएर भोज गर्ने चलन छ । टिकाको चलन छैन । तर, आ-आफ्नो संस्कार र संस्कृति कायम राख्नु पर्छ । यसलाई जीबन्त राख्नुपर्छ ।

ठूलो परिवार भएकाले आफ्नै घरमा खसी ढाल्ने योजना बनाएको छु । यद्यपि अहिले (११गते) सम्म किनेको भने छैन ।
साथीहरुले पार्टी संगठन, विद्यार्थी संगठ र वाइसीएलले गरेको चियापानमा सहभागि भइरहेको छु ।

दसैंलाई भडि्लो बनाउनु हुँदैन । यो सनातनदेखि चलिआएको संस्कार हुनाले सभ्य भएर मनाउनुपर्छ ।हामी धर्मका रुपमा दसैं मान्दैनौं । तर, संस्कृतिको रुपमा हरेक चाडबाडका रुपमा भने मान्दै आएका छौं ।

द्धन्द्धकालको दसैं 

द्धन्द्धकालमा हामी साथीभाइहरु दसैंलाई छुट्टीको रुपमा मनाउँथ्यौं । धेरै साथीभाई भेला भएर शुभकामना आदान प्रदान गथ्र्यौ । र, चाँडै विजयको कामना गर्थ्यौ ।

२०५५ सालको कुरा हो, रोल्पाको एक गाउँमा धेरैजना पार्टीका साथीहरु भेला भएर खसीबोका काटेर पकाइरहेका थियौं । तर, कसैले सुराकी गरे छ, प्रहरी आयो । हामी पकाएको मासुभात छोडेर मकैबारी हुँदै भाग्यौं । द्धन्द्धसँग जोडिएका यस्ता थुप्रै घटनाहरु छन् ।

sankar-koiralaदसैंमा नयाँ साहित्यिक रचना सिर्जना गर्छु
शंकर कोइराला

म असोज १० गतेदेखि भारत भ्रमणमा १५ गतेसम्म भारतको भ्रमरणमा छु । बुम्बइमा निर्माण सुरु हुन लागेको पशुपति मन्दिरको उद्घाटनका लागि पूर्वमन्त्रीको हैसियतमा प्रमुख अतिथिको रुपमा यहाँ आएको हुँ ।

टिकाको अघिल्लो दिन नेपाल फर्किन्छु । दसैं पारिवारिक पुनर्मिलन गराउने पर्व हो । त्यसैले म परिवारकासाथ दसैं मनाउँछु ।
दसैंमा उपलब्ध समयलाई साहित्य लेखनमा खर्चिने योजना छ । प्लान्टिङ अफ पोइट्री (कविताको रोपाई) कविता संग्रहको अन्तिम तयारी गरिरहेको छु ।

साहित्यमा मलाई एसपी कोइराला भनेर चिन्छन् । ‘आमाभन्दै रुन पाउँ विराउँदा बाटो, मुटु दुख्दा छुन पाउँ एकमूठी माटो…’ बोलको मेरो गीत सर्वाधिक चल्यो पनि । त्यसबाहेक थुप्रै गीत लखेको छु ।

साहित्य मेरो पर्यायवाचीजस्तै हो, दशैंको समयमा नयाँ रचना जन्माउनेछु । दशैं सनातनदेखि चलिआएको परम्परा भएकाले सभ्य र सुसंस्कृत भएर मनाउन सबैलाई आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment