+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
८१ बलमा ७६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
45/0 (6.3)
Shares

प्राध्यापक डाक्टर अञ्जनीकुमार शर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २२ गते ८:१२

२२ असोज, काठमाडौं । वरिष्ठ शल्यचिकित्सक प्राध्यापक डाक्टर अञ्जनीकुमार शर्माको मंगलबार साँझ निधन भएको छ । शर्माको ८६ वर्षको उमेरमा आफ्नै निवास मित्रपार्क चावहिलमा निधन भएको हो ।

शर्मा लामो समयदेखि प्रोस्टेड ग्ल्यान्डको क्यान्सरबाट पीडित थिए । क्यान्सर रोगप्रति जनचेनता फैलाउने र धुमपान विरुद्धको अभियानमा आजीवन सक्रिय भएर लागेका शर्मा सिरहामा जन्मिएका हुन् ।

उनी नेपाल लायन्स क्लबका पहिलो डिस्ट्रक गभर्नर, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष, अर्बुद रोग निवारण संस्थाका पूर्व अध्यक्षसमेत रहेका थिए ।

शर्माले वीर अस्पताल र त्रिभुवन शिक्षण अस्पतालमा शल्यक्रिया विभाग स्थापना गरी स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्‍याएका छन् । उनकी श्रीमती, एक छोरी र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?