Comments Add Comment

हेलो सरकारमा सडेगलेका खानाको गुनासो

HelloSarkar२२ असोज काठमाडाैं । बडादसैँ बिदाका समयमा समेत सञ्चालित हेलो सरकारमा ७३ गुनासो प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार यही असोज १५ गतेदेखि २० गतेसम्ममा खासगरी आधारभूत सेवा, अत्यावश्यक आवश्यकता, यातायातका समस्या, चाडपर्वमा सूचनाबिना बन्द गरिएका सेवाका विषयमा जनताले गुनासो गरेका थिए ।

यस्तै, बढीजसो गुनासो सवारी साधनको टिकट नपाइएको, टिकट पाइए पनि बढी भाडा तिर्नुपरेको, सहरी क्षेत्रमा ट्याक्सीले मनपरी भाडा असुल गरेको, बिनासूचना पेट्रोलपम्प बन्द गरिएको जस्ता गुनासो बढी आएका थिए ।

यसैगरी, गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, राहत दरबन्दीका शिक्षकले तलब भत्ता नपाएको, राजमार्गका होटलले सडेगलेका खाना खुवाएको र प्रतिवाद गर्दा कुटपिट गर्न खोजेको उजुरी पनि सोही अवधिमा आएको सचिव सुवेदीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment