+
+

रोकियो रणबीर र दीपिकाको फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते ८:३५

deepika-Ranavir-singh
मुम्बइ । सञ्जयलीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बाजीराव मस्तानी’ को सुटिङ रोकिएको छ । सुटिङ युनिटको अवरोधको कारण सुटिङ रोकिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मुम्बईवाट प्रकाशित ‘मिड डे’ मा छापिएको समाचार अनुसार दीपिका पादुकोण र रणबीर सिंहको मुख्य भुमिका रहेको यस फिल्मका प्राविधिकहरुले काम गरेवापतको पारिश्रमिक पाएका छैनन् । कतिपयले यो पनि आरोप लगाएका छन् । छुटि्टको दिन समेत प्राविधिकहरु काम गर्न वाध्य भएका छन् ।

प्राविधिकले काम रोकिदिंदा निर्देशक भन्साली चिन्तित छन् । केही वर्षदेखी यहि प्रोजेक्टमा काम गर्दै आएका भन्सालीले आगामी वर्ष फिल्म प्रदर्शनको योजना बनाएका छन् । फिल्ममा पि्रयंका चोपडाले पनि मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?