Comments Add Comment

८५ लाख नेपालीमा मानसिक समस्या

Depresion२४ असोज, काठमाडौं । सामान्यतया नेपालमा मानसिक रोगका बिरामी कति होलान् ? ५० हजार, एक लाख वा ५ लाख । यदि तपाई यस्तै अनुमानमा बस्नु भएको छ भने तपाई गलत हुनुहुन्छ किनकी नेपालमा ८५ लाख भन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ ।

सरकारी तथ्यांक अनुसार नेपालको कुल जनसंख्या दुई करोड ८० लाख भन्दा बढी रहेको छ । उक्त जनसंख्याको ३० प्रतिशत भन्दा बढीमा अर्थात ८५ लाख नेपालीमा मानसिक समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । यो हिसाबले हेर्दा कतै तपाईमा पनि मानसिक समस्या हुन सक्छ । त्यसकारण एक पटक गम्भिर भएर सोच्नेबेला आएको छ ।

चिकित्सकहरुका अनुसार नेपालीको बद्लिादो जीवनशैली, १० वर्षे द्वन्द्वको प्रभाव, बढ्दो सहरीकरण, हत्याहिंसा, गरिबी, वातावरणीय प्रदुषण, बेरोजगार लगायतका कारणले नेपालको कूल जनसंख्याको ३० प्रतिशत व्यक्ति कुनै न कुनै मानसिक समस्याबाट पीडित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अध्ययन र अस्पतालहरुको तथ्यांकका आधारमा हेर्दा नेपालको कुल जनसंख्याको करिब ३० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित बनेका छन् । मन्त्रालयले नै नेपालमा यो दर बढ्दै गएकाले तत्काल यस्को क्षेत्रमा विभिन्न कार्यक्रम अगाडी बढाउने तयारी गरिरहेको छ । मन्त्रालयले विश्व मानसिक स्वास्थ्य दिवसका दिन मात्र नभई वर्षे नै यो रोगको नियन्त्रणका लागि देशव्यापी चेतना र रोगको निदानका लागि उपचार सेवा विस्तार गर्ने योजना बनाइरहेको छ ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय पनि नेपालमा करिब ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको बताउाछन् । उनका अनुसार नेपालमा देखिएका मानसिक रोगीमा सबैभन्दा बढी डिप्रेसनका बिरामी छन् ।

विदेशीएका पुरुषका श्रीमतीमा मानसिक समस्या बढ्दै

पछिल्लो समयमा रोजगारीका लागि विदेशीने युवाहरुको संख्या बढ्दै जाादा महिलाहरुमा यो समस्या झन् बढ्दै गएको पाइएको छ । रोजगारीका सिलसिलामा विदेशीएका श्रीमानका श्रीमतीहरुमा मानसिक समस्या ह्वात्तै बढ्दै गएको लगनखेलस्थित मानसिक अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालमा उपचारका लागि आउने विरामीमध्ये परिवारसँग विछोडिएका महिला तथा पुरुषकोसंख्या उल्लेख्य रहेको छ । परिवारिक विछोडका कारण मानसिक समस्यामा परेका धेरैजसो बिरामी महिलामा ‘कन्भर्सन एन्जाइटी’को समस्या देखिएको छ । यस्तै, धेरै मात्रामा मदिरा पिउने मानिसका घरका अधिंकासमा मानसिक समस्या देखिएको पाइएको छ ।

युवामा बढी

मानसिक समस्या भएका विरामीमध्ये ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समुहका रहने गरेको मानसिक अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार अस्पतालमा आएका पाँच सयभन्दा बढी विरामीमा गरिएको अध्ययनमा २० देखि ३० वर्ष उमेर समुहका युवा युवतीमा बढी मानसिक समस्या पाइएको छ । त्यस्तै एनजाइटी र डिप्रेशनका रोगीको संख्या पनि पछिल्लो दिनमा बढ्दै गएको जानकारी उनले दिए । मानसिक समस्या जनस्वास्थ्यको लागि गम्भिर प्रकृतिको भएपनि यसलाई सरकार तथा आमरुपमा हल्का ढंगले लिइने गरिएको शेरचनको भनाई छ । त्यस्तै युवा पुस्तामा बढ्दै गरेको मानसिक समस्यालाई समाज परिवर्तनको असरसँग पनि जोडेर हेर्नु पर्ने उनको भनाई छ । बेरोजगारी, उच्च महत्वकांक्षा, आन्तरिक विस्थापन लगायतले पनि मानसिक आघात पुर्‍याउन मद्दत गरेको उनको भनाई छ ।

डिप्रेशनको समस्या धेरै

चिकित्सकहरुका अनुसार मानसिक रोगहरु एक सय भन्दा बढी प्रकारका भएकाले कुन समस्या कति प्रतिशतमा छ भन्ने एकिन तथ्यांक निकाल्न समस्या परिरहेको छ । तर, अस्पतालमा उपचारका लागि आएका बिरामीहरुका आधारमा हेर्दा सबैभन्दा बढी लगभग सात प्रतिशतमा डिप्रेसन, पााच प्रतिशतमा सुस्त मनस्थिती, दुई प्रतिशतमा साइकोसिस, १० प्रतिशतमा सामान्य किसिमका समस्या र न्युरोसिस, मादक पदार्थको कुलतलगायतका रोगबाट नेपालीहरू पीडित हुँदै आएका छन् ।

डा. उपाध्यायका अनुसार नेपालमा कडाखालको मानसिक रोगलाई मात्र मानसिक रोग मान्ने मानसिकताले पनि धेरैले रोग पालेर बसिरहेका छन् । ‘सामान्य समस्या हुादा वेवास्ता गरिन्छ र रोगले पुरै गााजेर जटिल अवस्थाका लक्षणहरु देखाउन थालेपछि मात्र चिकित्सककहाँ ल्याउने चलनले गर्दा झन् समस्या थपेको छ,’ उनले भने ।

उनका अनुसार धेरैजसो मानसिक समस्या सामान्य चिकित्सकीय परामर्शमा नै निको हुन्छ । तर, नेपाली समाजमा अनौठो व्यवहार गर्ने, अरुलाई असर पार्ने गरी व्यवहार देखाउने एकोहोरीने समस्या भएपछि मात्र स्वास्थ्य संस्थामा पुर्‍याइने गर्दा कडा खालका मानसिक रोगीको संख्या झन् बढ्दै गैरहेको छ ।

धेरैजसोमा तनाव, अस्वस्थ्य जीवनशैलीले मानसिक समस्या उत्पन्न गराएको पाइए पनि मस्तिस्कको संक्रमण, टाउकोमा लागेको चोट, मस्तिस्कमा रक्तसञ्चारको कमी वा अत्यधिक रक्तश्राव, अत्यधिक मादकपदार्थको दुव्र्यसन, वंशाणुगत गुणलगायतका कारणले पनि मानसिक रोग लाग्ने गरेको मानसिक रोग विशेषज्ञहरुको भनाई छ ।

डा. सिपि सेढाईका अनुसार नियमित निद्रा नपर्नु, टोलाइरहनु, मनमा कुरा खेलाइरहनु र एकाएक मानिसको स्वभावमा परिवर्तन आउनु नै मानसिक रोगको प्रमुख लक्षण हो । व्यक्तिले आफ्नो जीवनमा आउन सक्ने तनाव तथा समस्यालाई सामान्य ढंगले व्यवस्थापन गर्न सक्ने हो भने धेरै हदसम्म मानसिक समस्याबाट छुटाकारा पाइने डा. सेढाई बताउँछन् ।

‘कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई महसुस गर्न सक्ने, जीवनमा आउने तनावलाई सामान्य ढंगले व्यवस्थापन गर्न सक्ने, उत्पादनशील र फलदायी कार्य गर्न सक्ने तथा समाजमा केही योगदान दिन सक्षम हुने अवस्था नै मानसिक रुपमा पूर्ण स्वस्थ भएको अवस्था हो’ उनले भने, ‘त्यसकारण मानसिक समस्याबाट जोगिन तनाव नलिने, समस्यालाई सहज ढंगले समाधान गर्न सक्ने हुनु पर्दछ ।’

मानसिक समस्याकै कारण आत्महत्या

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य विश्वकै गम्भीर समस्या हो । विश्वका ५० करोड मानिस मानसिक रूपले अस्वस्थ छन् । तथ्यांक अनुसार विश्वमा १६ करोडमा मानिसमा डिप्रेसन, ३ करोडमा स्किजोफेनिया, १० करोडमा मादकपदार्थको दुव्र्यसन, २ करोडमा लागूपदार्थको दुव्र्यसनको समस्या, ५ करोड मानिसमा छारेरोग र तीन करोड मानिसमा सामान्य खालका मानसिक समस्या रहेको छ । मानसिक समस्याकै कारण विश्वभरमा वर्षेनी १० लाख भन्दा बढीले आत्महत्या गर्ने गरेका छन् ।

उचित उपचार पाएमा मानसिक रोग निको हुन्छ । तर अझै पनि नेपाली समाजमा यो रोगलाई अन्धविस्वासका कारण पूर्वजन्मको फल वा भगवानको श्राप जस्ता कारणलाई दोष दिने चलन छ । यस्ता रोगीलाई नेपाली समाजले समेत विभेदको दृष्टिले हेर्दा बिरामीहरु खुल्न नसकेको मानसिक अस्पताल लगनखेलका चिकित्सक डा. सुरेन्द्र शेरचन बताउँछन् । ‘सामाजिक विभेदकै कारण अन्य रोगी जस्तै मानसिक रोगी खुलेर उपचारमा आउन सकिरहेका छैनन्,’ उनले भने, ‘जसका कारण मानिसहरुलाई घरभित्र बाँधेर राख्ने गरिएका थुप्रै उदाहरणहरु छन् ।’ उनी सबैलाई खुलेर उपचार गर्न आउना सुझाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment