Comments Add Comment

दार्जिलिङ सेमिफाइनलमा

२४ असोज, इलाम । पाहुना टोली दार्जिलिङ ११ दोश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको फिक्कलस्थित करफोक उमाविको मैदानमा वाइ पाएर सीधै क्वाटरफाइनल खेलेको दार्जिलिङले नव जनजागि्रटी युवा क्लब, सिमरालाई २-० ले पराजित गर्‍यो । पहिलो हाफमा १ गोल खाएको सिमराले दोश्रो हाफमा थप १ गोल खाएको थियो ।

दार्जिलिङका वाङदेन तामाङले ८ औं मिनेटमा गोल गरेका थिए भने ६६ औं मिनेटमा प्रशान्त विकले थप एक गोल गरे ।

सेमिफाइनलमा दार्जिलिङले मंगलबार हुने कञ्चनजंघा फुटबल क्लब, सिलिगुढी र स्थानिय टिम इलाम रेड हर्स टिम (नीलो) बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत शनिबार पूर्वाञ्चल क्षेत्रीय प्रहरी टिम र धरान फुटबल क्लबबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment