Comments Add Comment

प्रसारण लाईन नबन्दा सानिमा हाइड्रोलाई अर्ब बढी नोक्सान

पुष्प दुलाल

२८ असोज काठमाडौं । तोकिएको समयमा आयोजना सम्पन्न भएपनि सरकारले प्रसारण लाईन निर्माण गर्न नसक्दा सानिमा जलविद्युत आयोजनाले दैनिक दुई करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ  ।

समयमै प्रसारणलाईन बनेको भए दशैंअघि उपभोक्ताले सानिमा माइको विद्युत बाल्न पाउने भएपनि नेपाल विद्युत प्राधिकरणले प्रसारण लाईन नबनाइदिँदा अायोजनाले नोक्सान व्यहोेर्नु परेको सानिमा ग्रुपका जीवा लामिछानेले अनलार्इनखबरलार्इ जानकारी दिए ।

Sanima-mai-Hydropower‘सानिमा हाईड्रो तोकिएको समयमै विद्युत उत्पादन गर्नसक्ने हैसियतमा पुगेको निजी क्षेत्रको पहिलो आयोजना हो’ उनले भने -प्रसारण लाईन नबन्दा अायोजनालार्इ आर्थिक नोक्सानी भएको छ भने उपभोक्ताले चर्को लोडसेडिङ व्यहोरिरहेका छन ।

व्यावसायिकरुपमा राष्ट्रिय प्रसारणलाईनमो जडान गरिएपछि मात्रै प्राधिकरणले आयोजनालाई रकम भुक्तानी गर्छ । दशैंअघि नै व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने विद्युत माघभन्दा अघि राष्ट्रिय ग्रीडमा जोडिनसक्ने अवस्था नभएकाले आयोजनाले एक अर्ब रुपैयाँ बढी नोक्सानी व्यहोर्ने देखिएको उनले बताए ।

२९ मेगावाट उत्पादन क्षमता भएको इलामको माई खोला यो आयोजना गत असार ३० गते विद्युत उत्पादन गर्न सक्ने अवस्थामा पुगेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुवर्णलाल श्रेष्ठले जानकारी दिए ।

विद्युत उत्पादनका लागि आयोजना तयारी अवस्थामा पुगेपछि विद्युत प्राधिकरणले ड्राई र टर्वाइन टेस्कको सफल परिक्षण गरेपछि मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ ।

प्रसारण लाईन नहुँदा आयोजनाको टर्वाइन टेस्ट नै हुन नसकेको बज्राचार्यले जानकारी दिए । टर्वाइन टेस्ट गर्न एक महिनाभन्दा बढी लाग्छ ।

प्राधिकरणले एक महिनाअघि नै गरेको ड्राई टेस्टिङको भने सफल परिक्षण गरिसकेको छ । ‘आयोजना तयारी अवस्थामा रहेपनि ड्राइ टेस्टिङका लागि एक महिना र टर्वाइन टेस्टिङका लागि एक महिना लाग्छ’ उनले भने -प्राधिकरणले दुबैको सफल परिक्षण गरेपछि मात्रै उत्पादित विद्युत राष्ट्रिय प्रसाण लाईनमा जोड्छ ।

साढे ३ वर्षअघिे निर्माण सुरु भएको आयोजनाको लागत ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

कति प्रसारणलाईन बन्यो ?

३४ किलोमिटर लामो दमक-गोदक प्रसाणलाईनमध्ये ५ किलोमिटर मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी २९ किलोमिटर निर्माण भइरहेको छ, जसमा ९५ वटा पोल बनाउनुपर्नेमा  ८७ वटाको फाउन्डेसन सकिएको छ । ८ वटाको फाउन्डेसन गर्न बाँकी छ ।

९५ वटा टावरमध्ये ३८ वटा सकिएको र ५७ वटा बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

कहिले बन्छ ?

प्राधिकरणले सम्वेदनशील भएर काम गरे आगामी पुस पहिलो सातासम्ममा प्रसारणलाई निर्माण भइसक्ने प्राधिकरणकै अधिकारीहरु बताउँछन् । पुसमा प्रसाणलाई निर्माण सम्पन्न भए माघ दोस्रोे सातादेखि उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिन्छ ।

‘ठेकेदारले काम गर्न ढिलाई गरिरहेको छ, तर प्राधिकरणको व्यवस्थापन चुप लागेर बसेका छन’ प्राधिकरणकै एक अधिकारीले भने ।

ठेकेदार को ?

प्राधिकरणले उक्त प्रसारण लाईनको ठेक्का भारतीय कम्पनी ज्यागुआर र स्टार ज्वाइन भेञ्चर इन्डियालाई दिएको थियो । ठेकेदारले भारतबाट आयातित सामानलाई पहिलेनै भुक्तानी गरेको तर यहाँका सहायक ठेकेदारलाई अत्यन्तै कम रकममा ठेक्का दिउकाले प्रसारण लाईन बन्न नसकेको प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

‘एक/डेढ महिनामा सहायक ठेकेदारहरु परिवर्तन भए, त्यसकारण निर्माणकाय ढिला भएको हो’ प्राधिकरणका एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment