Comments Add Comment

विश्वका उत्कृष्ट सय ब्रान्डमा पर्‍यो चिनियाँ मोबाइल हुवावे

२९ असोज, काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन प्रविधि तथा स्मार्टफोन निर्माता कम्पनी हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा पर्न सफल भएको छ । इन्टरब्रान्ड कन्सलटेन्सीले अक्टोबर ९ मा सार्वजनिक गरेको ‘बेष्ट ग्लोबल ब्रान्ड’ रिपोर्टमा हुवावे ९४औं स्थानमा पर्न सफल भएको छ ।

चिनियाँ इतिहासमै पहिलो पटक हुवावे विश्वका उत्कृष्ट सय ब्रान्डभित्र परेको हो । ‘सन २०१४ को पहिलो क्वार्टरदेखि बिक्री बढ्दो क्रममा रहेको, हाल विश्वभरि २० Huaweiप्रतिशत बजार हिस्सा रहेको र २०१४ को उत्कृष्ट विश्वव्यापी ब्राण्डहरुमा स्थान बनाउन सफल हुवावे पूर्ण गतिमा अघि बढिरहेको छ’ इन्टरब्राण्डले भनेको छ ।

इन्टरब्रान्डका प्रमुख कार्यकारी जेज फ्रेमप्टनले हुवावेको तीव्र विकास आफ्नो ब्राण्डमा भएको दीर्घकालीन लगानीले गर्दा भएकोले विश्वको सबैभन्दा उत्कृष्ट ब्राण्डहरुमा आफ्नो स्थान बनाउन सफल भएको बताएका छन् ।  युएसमा आफ्नो न्यून ब्राण्ड जागरुकता भएपनि हुवावेले विश्वभरि नै आफूलाई विस्तार गर्न सफल भएको छ ।

हुवावे ४ हजार ३ सय १३ मिलियन डलर बराबरको ब्राण्ड हो, जसले आफूलाई पश्चिमी बजारमा अग्रणी ब्राण्डहरुमध्ये एक ब्राण्डको रुपमा उभ्याउन सफल भएको छ । ल्याटिन अमेरिका र सेन्ट्रल एशियामा पनि तीव्र रुपमा बजार अग्रणी बन्दै क्यानडामा मुख्य ब्राण्ड बन्न सफल भएको छ बताइएको छ ।

‘इन्टरब्राण्डबाट यो सम्मान पाएर हुवावे गौरवान्वित भएको छ’ कम्पनीका उपभोक्ता व्यवसाय समूहका प्रमुख बजारीकरण अधिकारी शाओ याङले भने ।

सन् २०१३ मा हुवावेले बढी मानिसहरुलाई पूरै संसारसँग जोड्ने कुरालाई सम्भव पार्न आफ्नो ‘मेक इट् पसिवल’ अभियानको थालनी गर्‍यो । आफ्नो ‘मेक इट् पसिवल’ अभियानलाई विश्वभरि स्थापित गर्नका लागि सन् २०१४ को सुरुवातदेखि नै हुवावेले विश्वभरि सृंखलागतरुपमा प्रवर्द्धनात्मक अभियानहरु लगेको बताएको छ ।

जसमा इटालीको एसी मिलान, जर्मनीको बोरसिया डोर्टमुण्ड, संयुक्त राज्यको आर्सनल फुटबल क्लब, फ्रान्सको प्यारिस सेन्ट-जर्मेन एफ.सी. र टर्कीको गलात्सरे स्पोर्टीफ ए.एसजस्ता प्रमुख फुटबल संगठनको प्रायोजनात्मक गतिविधि समावेश छन् । साथै, स्पेनको लिगा डे फुटबोल प्रोफेस्नल (एलएफपी) को प्रायोजन पनि एउटा उल्लेखनीय प्रायोजन हो ।

ब्राण्डको उद्देश्य पूर्तिका लागि हुवावेले कठीन प्रयासहरु गरेको र आखिरमा आएर ब्राण्डले विश्व ब्राण्डको बजारमा कसरी आप\mनो पहिचान बनाउन सफल भयो भन्ने कुरा शाओ याङले स्पष्ट पारेका छन् ।

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment