Comments Add Comment

पुष्प खेतीबाट मनग्गे आम्दानी

Ramesh-Pandey
सलमान खान

३० असोज, बुटवल । वैदेशिक रोजगारको लागी लाखौं युवाहरु विदेश गइरहेका अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्रामका रमेश पाण्डे आफ्नै बारीमा पसिना चुहाउँदै फूल स्याहारी रहेको अवस्थामा भेटिन्छन् ।

नेपाली युवाहरु बिदेशिने अवस्थामा आफ्नो देशको माया मार्न नसकी यहिँ केही गरि परिवार धान्ने प्रयास स्वरुप पुष्प खेतीबाट अहिले उनले मनग्य आम्दानी आर्जन गर्न सफल भएका छन् ।

मणिग्रामस्थित आफ्नै जग्गामा शुरु गरेको पुष्प खेतीमा अहिले स्वदेशी एवम विदेशी गरि कैयौं प्रकारको पुष्प फुलिरहेको मनमोहक दृश्य देख्दा जो सुकैको मन हषिर्त हुन्छ ।

सुन्यबाट शुरुवात गरेका पाण्डेले अहिले आफ्नो ढाई कठ्ठा जग्गामा पुष्प खेती गर्दै ३५ लाख रुपैयाँको लुम्विनी पुष्प व्यवसाय तथा नर्सरी बनाएका छन् ।

उनको खेतमा अहिले ग्लाडुल्स, एस टी फ्लावर लगायत पश्चिम नेपालमै एकमात्र अर्नामेण्टल पलाण्ट, साइकस, वेगन, लालुपाते रोज एकजोरा, मुसुण्डा, हेविसकस, टिकोमा लगायतका पुष्प फुलेका छन ।

यस बाहेक बिभिन्न मौसमी तथा बेमौसमी फूल सयपत्री, डेलिया, गोदावरी, जखेरा, बिभिन्न इन्डोर प्लान्ट लगायत कागती, अम्बा आदीको पनि बिशेष उत्पादन गरेका छन ।

सयपत्री फुलको माग निकै रहेको कारण तिहारको समयमा मात्र करिब ४० लाख रुपैयाँको व्यापार हुने गरेको पाण्डे बताउँछन् । उनले काठमाण्डौ, चितवन, पोखरा लगायत मुलुकको अन्य शहरहरुमा आफ्नो खेतको फुल निर्यात गर्दै आइरहेको बताए ।

यी उत्पादनहरु बिक्री बितरण गरि पाण्डेले दश लाख रुपैयाँसम्म आम्दानी मात्र नगरि आफ्नो र्फममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी १० रोजगारी दिन सकेकोमा गर्व महशुश गरेको सुनाउँछन ।

पैसा कमाउनकै लागी बिदेश जाने युवाहरुले गर्न खोजे पुष्प खेतीमा प्रशस्त आम्दानी रहेको कृषक पाण्डेको भनाई छ । पुष्प विशेषज्ञ समेत रहेका पाण्डेले दिएको पुष्प खेती तालिमबाट अहिले ३० जना व्यक्तिले रोजगार पाएको बताउँछन् ।

समय परिवर्तनसँगै विश्वमै फ्लोरीकल्चरको महत्व बढ्दै गइरहेको र अहिले जुनसुकै शुभकार्य गर्दा फूल अनवार्य रुपमा चाहिने कारणले अन्तराष्ट्रिय स्तरमा कटफ्लावरको माग तिव्र रुपमा बढदै गएको पाण्डेले बताएका छन ।

विश्व बजारमा खबौं डलर बराबरको फूलको कारोबार भएको बताउँदै फूल वातावरण संरक्षण, बगैंचा सजावट, पुष्प सजावट, सुगन्धित तेल, औषधी लगायत बिभिन्न प्रयोजनको लागी फूलको प्रयोग भएको पाईन्छ ।

लुम्विनी पुष्प व्यवसायी संघका अध्यक्ष समेत रहेका पुष्प ब्यावसायी पाण्डेको अनुसार नेपालको हावापानी पुष्प व्यावसायको लागी अनुकुल भएको हुदा यहाँ पुष्प खेतीको प्रचुर सम्भावना रहेको छ ।

उनले नेपालबाटै पुष्पजन्य उत्पादन जापान, अमेरीका, कोरीया, न्यूजिल्याण्ड लगायत बिभिन्न अरबियन राष्ट्रहरुमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको र नेपालको हावापानी अनुसार ठूलो मात्रामा ब्यवसायीक फूल खेती बिस्तार गर्न सके अरबौ मूल्य बराबरको फूल जन्य उत्पादन बिदेश निर्यात गर्न सकिने बताउँछन ।

यसको लागी नेपाल सरकारले उचित ध्यान पुर्‍याउन नसकेको गुनासो गर्दै पुष्प खेतीमा बिशेष अनुदान दिन सके यसले नयाँ रुप दिन सकिने र किसानहरुले सोचेजस्तो फाइदा लिन सक्ने उनको तर्क रहेको छ ।

नेपालबाट ठूलो परिमाणमा फूल विदेशमा निर्यात गर्न सकिने सम्भावना रहेको हुँदा-हुँदै सरकारी उदासिनताको कारण विदेशबाट तीस करोड भन्दा बढीको पुष्प जन्य उत्पादन आयात गर्नु परेको दुखेसो समेत पोखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment