Comments Add Comment

मन्त्रीको भ्रमणमा सकियो ६८ लाख

nepali-note१ कार्तिक, काठमाडौं । प्रधानमन्त्रीसहित २३ मन्त्रीको जिल्ला भ्रमणमा राज्यकोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद गठन भएको पाँच महिनामा यो रकम खर्च भएको हो ।
मन्त्रीहरुको जिल्ला भ्रमणमा जाँदा हवाईटिकट, दैनिक भमण भत्ता र होटलबासमा खर्च गरेका हुन् । तर, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जिल्ला भ्रमण खर्चका नाममा कुनै रकम नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७०/७१ मा मन्त्रीहरुको जिल्ला भ्रमणमा ८६ लाख ९४ हजार दुई सय ८८ रुपैयाँ राज्यकोषबाट खर्च भएको छ । कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको पाँच महिनामा ६८ लाख चार हजार ६ सय ३९ रुपैयाँ खर्च भएको छ ।
खिलराज रेग्मी नेतृत्वको सरकारका मन्त्रीले भने गत आवको सुरुका सात महिनामा १८ लाख ८९ हजार ६ सय ४९ रुपैयाँ जिल्ला भ्रमणमा खर्च गरेका थिए । रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा ११ सदस्य थिए ।
प्रधानमन्त्री कोइरालाले जिल्ला भ्रमण गर्दा एक लाख ३० हजार पाँच सय ८० रुपैयाँ खर्च गरेका छन् । यो कोइराला विराटनगर र गृहजिल्ला नेपालगन्ज जाँदाको हवाइटिकट तथा टोलीका सदस्यको हवाईटिकट, दैनिक भत्ता र होटलबास खर्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment