राजनीतिको संसारलाई ‘कुरुप मानिसहरुको दृश्य व्यवसाय’ भन्ने चलन छ । तर राजनीतिमा लाग्ने सबै कुरुप नहुँदा रहेछन् । स्विडेनका स्वास्थ्य मन्त्रीको जिउडाल हेर्ने हो भने उनी हलिउडका नामूद हिरोभन्दा कम देखिन्नन् ।
२९ वर्षका ग्याबि्रयल विकस्ट्रोमका तस्वीरहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेका छन् र उनलाई विश्वकै सबैभन्दा सुन्दर सांसद तथा मन्त्रीको उपाधि दिइएको छ, इन्टरनेटमै ।
विकस्ट्रोमको सुन्दरताको पारखी बनेका एक टर्किस फ्यानले अनलाइनमा उनको तस्वीर पोष्ट गरेपछि त्यो तस्वीर भाइरल नै बन्यो ।
‘ह्याण्डसम मिनिस्टर’ उपनामले चिनिने ती मन्त्रीका फ्यानहरुको संख्या अहिले बढ्दै गएकेा छ र त्यस्ता फ्यानमध्ये युवतीहरुको संख्या निकै बढि पाइएको छ ।
सोसल मिडियामा उनको तस्वीर भाइरल बन्दा धेरैले उनलाई प्रेमपूर्ण सन्देस पठाएका छन् । यस्ता सन्देशहरु तथा आफ्ना बढ्दा फ्यानहरुको संख्याले आफुलाई निकै गौरवान्वित बनाएको उनी बताउँछन् । आफु युवाहरुको रोलमोडल बन्न सकेको र आफ्नो कारण सक्षम युवाहरु राजनीतितर्फ आकषिर्त हुनेमा उनले खुसी व्यक्त गरेका छन् ।
ती ह्याण्डसम मन्त्रीका फ्यान कति छन् भन्ने कुरा उनका टि्वटर फलोअरर्सको संख्याले पनि देखाउँछ ।
प्रतिक्रिया 4