Comments Add Comment

अवार्डमै बित्ने भो अधिकांश कलाकारको तिहार

priyanka karki1
काठमाडौ । नेफ्टा अवार्डमा सहभागी भएर काठमाडौ आएको चार दिनपछि फेरी हङकङ जानुपर्ने भएको छ पि्रयंका कार्कीलाई । २६ अक्टोबरमा हङकङमा हुने ‘इन्फा’ अवार्डमा सहभागी हुने तयारीमा रहेकी पि्रयंकाले यसपालीको तिहार ‘अवार्ड’मै सिमित भएको बताइन् ।
पि्रयंका मात्रै हैन । अहिले धेरै कलाकारलाई अवार्डको चटारोले छोएको छ । भाइटिकाकै भोलिपल्ट आइतवारको दिन अवार्ड हुने भएकाले पनि धेरै कलाकारले तिहारको रमाइलो हङकङ गएर मनाउने योजना बनाइरहेका छन् ।
विदेशमा नेपाली चाड मनाउदा रमाइलो लाग्छ भन्ने भुवन केसीले यसपालीको तिहार ऐतिहासिक भएको प्रतिक्रिया दिए ।’हङकङमा यहाँ जत्तिकै तिहारलाई माया गर्ने नेपाली छन्, मलाइ त विदेशको चाड निकै रमाइलो लाग्छ ।’ उनले अनलाइनखवरसँग भने ।
चाडवाडको छेकोमा गरिने अवार्ड कार्यक्रममले फिल्मी बजार बढाउन भुमिका खेल्ने उनले बताए । पछिल्ला केही वर्ष दसैं तिहार जस्ता कार्यक्रम विदेशमै मनाइरहेको बताउने सिताराम कट्टेल ‘धुर्मुश’ले हङकङको तिहार रमाइलो बिश्वास गरेका छन् । ‘आधा तिहार नेपालमा आधा तिहार हवाइजहाजमा मनाउँदा बढी रमाइलो हुन्छ भन्ने लागेको छ ।’ उनले ठट्यौली शैलीमा भने ।
धेरै कलाकारको दसैं तिहार प्रायः विदेशमै
आफुले गीत गाउन थालेपछि दसैं, तिहार र नयाँ वर्ष जस्ता कार्यक्रम प्राय विदेशमै मनाएको बताउँछन गायक धिरज राई । अर्का कलाकार जितु नेपालको पनि भनाइ धिरजको भन्दा फरक छैन । ‘पछिल्लो २० वर्षमा १५ वटा दसैं-तिहार बिदेशमै मनाएँ होला ।’ जितुले भने ।
बिबाह गरेपछि छोरी सम्हालेर घरमै रमाउन थालेको बताउने अरुणिमा लम्सालसंग पनि धेरै पर्व विदेशमै मनाएको अनुभव छ । अर्की नायिका नन्दिता केसीले त ‘इन्द्रेणी’ फिल्म खेलेपछिको १२ वर्षमा चार पटक मात्रै स्वदेशमा चाडपर्व बनाएकी छिन् ‘विदेशमा पनि धेरै जसो कार्यक्रम चाड लक्षित हुने भएकाले धेरै पर्व विदेशमा बस्ने दाजुभाइसंगै मनाएकी छु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment