Comments Add Comment

शान्तिका लागि सेक्स हड्ताल

११ कात्तिक, काठमाडौं । अफ्रीकी देश दक्षिण सूडानमा जारी सशस्त्र संघर्ष रोक्ने उद्देश्यले महिलाहरुले अनौठो तरिका अपनाएका छन् । हिंसा रोक्न उनीहरुले आफ्नो पतिसँग यौनसम्पर्क नगर्ने निर्णय गरेका हुन् । हिंसा विरुद्ध सकृय महिला अगुवाहरुले देशका सबै महिलाहरुलाई सेक्स हड्ताल गर्न अपिल समेत गरेका छन् ।

sex strike 1जबसम्म देशमा शान्ति स्थापना हुदैन तबसम्म सेक्स हड्ताल जारी राख्न उनीहरुले आह्वान गरेका छन् । आफूहरुको यो कदमबाट पुरुषहरु हिंसात्मक गतिविधिमा सामेल नहुने र देशमा शान्ति आउने उनीहरुको विश्वास छ ।

सुडान टि्रब्यूनको एक रिपोर्ट अनुसार दक्षिण सुडानको राजधानी जूबामा महिला कार्यकर्ताहरुको बैठकले यौनसम्पर्क गर्न इन्कार गर्ने निर्णय गरेको हो । यो बैठकमा देशका सांसदहरु समेत सहभागी थिए ।

दक्षिण सुडानको सरकार सन् २०१३ डिसेम्बर महिनादेखि विद्रोही विरुद्ध संघर्ष गर्दै आएको छ । चर्किएको गृहयुद्धका कारण कैयौंको ज्यान गएको छ भने हजारौं नागरिक छिमेकी देशमा शरण लिएर बस्न बाध्य भएका छन् । सन् २०११ मा अस्तित्वमा आएको दक्षिण सुडानमा हिंसात्मक गतिविधि जारी छ ।

महिलाहरुले सेक्स हड्ताल आह्वान गरेको यो पहिलोपटक भने होइन । सन् २००३ मा पनि लाइबेरियाका महिलाहरुले सेक्स हड्ताल गरेका थिए । उनीहरुको यो कदमबाट १४ बर्षदेखि चल्दै आएको गृहयुद्ध समाप्त भइ शान्ति स्थापना भएको थियो ।

लाइबेरियामा सेक्स हड्तालको नेतृत्व गर्ने लेयमाह गबोवीलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित समेत गरिएको थियो ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment