Comments Add Comment

हत्या अाराेपमा तीन किशाेर पक्राउ

११ कात्तिक, काठमाडौ । अघिल्लो वर्ष तिहारमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको समाखुशी, वौद्ध र बाराको सिमराबाट तीनजनालाई पक्राऊ गरेको छ  ।

पक्राऊ पर्नेमा काठमाडौं भ्याली कलेज महाराजगञ्जमा कक्षा १२ मा पढ्ने कृष्ण कार्की र नवोदित कलेज सामाखुशीमा ११ कक्षामा अध्ययनरत जोजो राउटे भन्ने सुरेश राउत रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

त्यस्तै काठमाडौंको बौद्धबाट सवारी चालक पेशामा रहेका सन्तबहादुर तामाङसमेत पक्राउ परेका छन् । गत साल भाइटीकाको रात धादिङ घर भई गंगबु बस्ने वर्ष १७ का यूएन तामाङलाई काठमाडौंको बानियााटारमा ढुंगा हानी मारेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामान्य झगडा र कुटपिटपछि उनीहरल्े तामाङलाई बोटो ढुकी कुटेर मारेको र एकवर्षपछि उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment