+
+
Shares

विप्लवको आरोप : प्रचण्ड गाईभैंसी मुख्य हो भन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते १२:४७

१२ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड नेतृत्वको एमाओवादीले जनताको सेवाभन्दा ‘गाईभैंसी पाल्ने संघर्ष’लाई मुख्य बनाएको आरोप लगाएका छन् ।biplov
‘उहाँ (प्रचण्ड) हरु गाईभैंसी पाल्ने संघर्ष मुख्य हो भन्नुहुन्छ, हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनुपर्छ भन्छौं,’ एमाओवादी र माओवादीवीच फरक छुट्याउँदै विप्लव भन्छन्,’ उहाँहरु राजनैतिक क्रान्ति पूरा भइसक्यो अब आर्थिक क्रान्ति मात्र बाँकी छ भन्नुहुन्छ, हामी नेपालमा राजनैतिक सत्ता नै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नुपर्दछ भन्छौं । उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक बनाउनु हुन्छ, हामीले राजनैतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौं ।
विप्लवको थप भनाइ छ- ‘उहाँहरु एक थान संविधान बनाउनेतिर हुनुहुन्छ, हामी त्यो तरिकाले हुँदैन, जनताको संविधान नबन्ने भएपछि अर्को अधिकारसम्पन्न राजनैतिक सभा निर्माण गरौं भन्छौं ।’

वैद्यलाई चेतावनी
नेकपा- माओवादीभित्र मोहन वैद्यको लाइनमा असहमति राख्दै आएका विप्लवले पार्टीमा भइरहेको विवादलाई चाँडो सुल्झाउन आफूले मोहन वैद्यलाई सचेत गराएको खुलासा गरेका छन् ।mohan-baidya
आफ्नै पार्टीका मजदुरहरुले प्रकाशित गरेको वेबसाइटलाई लिखित अन्तरवार्ता दिँदै पार्टीभित्रको अन्तरविरोधबारे भनेका छन्- ‘पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भीर छलफल चलिरहेको छ । हामीले भनेका छौं, मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निर्माण गरेर जाउँ । मिल्दैन, छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छ, हामी एउटा सार्थक निस्कर्षमा पुग्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?