Comments Add Comment

एमाओवादीले पहिचानसहितका १० प्रदेशको अडान नछाड्ने

१२ कात्तिक, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले पहिचानसहितका १० प्रदेशको अडान नछाड्ने निर्णय गरेको छ । प्रचण्डनिवास लाजिम्पाटमा मंगलबार र बुधबार बिहान आयोजित स्थायी कमिटीको बैठकले अडान नछाड्ने निर्णय गरेको हो ।

‘पहिचानसहितको १० प्रदेशको अडान छाड्नुहुँदैन भन्ने निश्कर्ष बैठकले निकालेको छ,’ बैठकपछि एमाओवादी नेता देवेन्द्र पौडेलले भने-‘अडान छाड्ने कुरै भएन, पहिचानसहितको संघीयता र संविधानको अन्तरवस्तुमा पार्टीले लिएको अडानमा कायम रहनुपर्ने सुझाव आएको छ ।’

मंगलबार र बुधबार दुई दिन बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक समस्या कसरी हल गर्ने र संविधान निर्माणका विषयमा कस्तो रुप लिने भन्नेबारे स्थायी कमिटी सदस्यसँग सुझाव मागेका थिए ।

अध्यक्षको प्रस्तावमा स्थायी समिति सदस्यहरुले सुझाव दिँदै पार्टीको अडान छाड्न नहुने सल्लाह दिएका थिए । बैठकमा प्रचण्ड र डा. भट्टराईले हालसम्म भएका वार्ताका प्रगतिबारे रिपोटिङ गरेका थिए ।

पार्टीभित्रको समस्या समाधान गर्न आगामी कात्तिक २३ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको पौडेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment