Comments Add Comment

कमल थापाले प्रधानमन्त्रीलाई भने- गृहमन्त्रीलाई तह लगाउनुस्, नत्र विद्रोह हुन्छ

Kamal-thapa

१५ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री वामदेव गौतमले भगवान र हिन्दुहरुको आस्थालाई खिल्ली उडाएको भन्दै माफी नमागे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रत्नपार्क शान्तिबाटिकामा शनिबार विरोध सभा गर्दै थापाले संसदमा गृहमन्त्रीले भगवानप्रति व्यङग्य गर्दै खिल्ली उडाएको आरोप लगाए ।

उनले गौतमलाई प्रश्न गर्दै भने-‘के भगवान खिल्ली उडाउने विषय हो ? भगवान र हिन्दुहरुको धार्मिक आस्थाको अपमान गर्ने प्रयास गर्नु हुन्छ र हिन्दुहरुको सहनशीलतालाई चुनौती दिन चाहनु भएको हो भने त्यो स्वीकार छ ।’

गृहमन्त्रीले शुक्रबारको संसद बैठकमा साक्षत भगवान नै आए जसरी बन्चरो खुकुरी राखेर धर्नामा बसेकाले हटाउनु परेको बताएका थिए ।

तर, थापाले भने गृहमन्त्रीले भगवान पशुपतिनाथलाई नै अातंकका रुपमा प्रस्तुत गरेको र भगवानको खिल्ली उडाएको आरोप लगाएका छन् ।

RPP nepal protest (3)

गृहमन्त्रीको चर्को आलोचना गरेका थापाले भोलि संसदमा गृहमन्त्रीले माफी मागेर आफ्ना अभिव्यक्ति सच्याए समस्या समाधान हुने बताए । ‘दमनकारी नीति कायम गर्नुहुन्छ र भगवानप्रति गरेको व्यंङ्ग फिर्ता लिनु हुन्न भने यो संघर्ष बामदेवमा मात्र सिमित रहन्न’ उनले भने-‘सनातन हिन्दु राष्ट्र समाप्त गर्ने षड्यन्त्रको कडीका रुपमा लिन्छौं र हिन्दु राष्ट्र बचाउन देशव्यापी अभियान सुरु गर्छौं ।’

धर्नामा हस्तक्षेप र संसदमा दिएको अभिव्यक्तिले धार्मिक द्वन्द्व विजारोपण गरेको भन्दै उनले अहिले आगोको झिल्कोको रुप मात्र भएको र बेलामा नै निभाउन प्रयास नगरे क्रान्तिको आगोको रुप लिने बताए ।

प्रधानमन्त्रीलाई आग्रह गर्दै रत्नपार्कबाटै कमल थापाले भने-‘दमनकारी गृहमन्त्रीलाई तह लगाउनुस्, होइन भने विद्रोहको रुप लिन्छ ।’

प्रहरी सरुवा बढुवामा सुटकेश संस्कृति भित्र्याएको आरोप लगाउँदै राप्रपा नेपालका अध्यक्ष थापाले गौतमले नैतिकताको कुरा गर्न नसुहाउने बताए ।

RPP nepal protest (2)

कार्यक्रममा स्वामी श्रीनिवासले आइतबारबाट फेरि अनसनमा बस्ने घोषणा गरेका छन् ।  राप्रपा नेपालका अध्यक्ष थापाले विभिन्न दलमा आवद्ध तथा हिन्दुवादी संघ संस्थालाई समेत एकजुट हुन आहृवान गरे ।

उनले आर्धिक आस्थामाथि आक्रमण भएको भन्दै यस्तो बेला समेत चुप लागेर बस्ने हिन्दु लाचार हौं भने प्रश्न गरे ।

RPP nepal protest (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment