+
+
Shares

एक बर्षपछि ऋतिकले सम्बन्ध बिच्छेदको अनुमति पाए

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १०:००

बलिउड अभिनेता ऋतिक रोसन र पत्नी सुजैनबीच पारपाचुके भएको करिव एक बर्षपछि अदालतले स्वीकृति प्रदान गरेको छ ।

hritik-rosan-and-sujainभारतीय संचार माध्यमहरुका अनुसार पारिवारिक अदालतले शनिवार उनीहरुको मुद्दामा फैसला गर्दै सम्बन्धबिच्छेदको अनुमति दिएको हो ।

ऋतिक र सुजैन बेग्लाबेग्लै गाडीमा अदालत पुगेका थिए ।

अदालतले सन्तानलाई हुर्काउन दुवैको अभिभावकीय भूमिका हुने फैसला गरेको छ ।

ऋतिक र पत्नी सुजैनले सन् २०१३ डिसेम्बरमा सम्बन्ध बिच्छेदको घोषणा गरेका थिए । बाल्यकालदेखिको प्रेमलाई बिबाहमा परिणत गरेका उनीहरुले १४ बर्षको बैबाहिक जीवन अन्त्य गरेका थिए ।

सम्बन्धबिच्छेद गर्दा ऋतिकले पत्नी सुजैनलाई दिने पैसाबारे सहमति जुटन नसक्दा औपचारिक सम्बन्ध बिच्छेदका लागि समय लागेको संचारमाध्यमहरुले जनाएका छन् । सुजैनले ऋतिकसँग करिव ४ अर्ब भारतीय रुपैयाँ मागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?